आज :

माओवादी केन्द्र अछामले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ७ बुँदे ज्ञापनपत्रः असिना पानीदेखि भूकम्प पीडितका कुरा

  • अनलाइन डबली

अछाम । नेकपा (माओवादी केन्द्र)ले असिना पानीले किसानको बाली नष्ट गरेको र उनीहरुलाई क्षतिपूर्तीसहितका माग राखेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला इन्चार्ज ओमप्रकाश पुनको नेतृत्वमा सोमबार दिउँसो प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा केही दिन पहिले गएको भूकम्प र बाढी पहिरोबाट भएको क्षतिपूर्ती लागि पहल गर्न माग गरिएको छ । त्यस्तै, जिल्लामा नियमित रुपमा लोडसेडिङ भइरहेको बताउँदै चाडबाडलाई मध्यनजर गर्दै विद्युतलाई नियमित गराउन पहलको माग पनि गरिएको छ ।

त्यसैगरी दशैं तिहारको मौकामा हुने अखाद्य पादर्थको बिक्रीवितरण, जुवातास र जाँडरक्सी नियन्त्रणको लागि निगरानी तथा अनुगमनको माग पनि गरिएको छ ।

इन्चार्ज पुनका अनुसार साँफेबगर नगरपालिका अन्तरगतको बैजनाथ रैकर गुठियारहरुको समस्या समाधानको लागि पहल गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal