
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
सोमबार बसेको प्रदेश सचिवालय बैठकले पार्टी कार्कीलाई विश्वासको मत निर्णय गरेको हो ।
गठबन्धनको निर्णयविरुद्ध कार्कीले नेकपा एमालेको सहयोगमा मुख्यमन्त्री बनेपछि माओवादी केन्द्रले मुख्यमन्त्रीको दाबीलाई सनाखत गरेको थिएन ।
कार्कीले बुधबार विश्वासको मत लिने तयारी गरेका छन् । एमालेका ३९ र नेपाली कांग्रेस ८ सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।