आज :

एकथरी मानिसहरु छटपटिएका छन्, कहिल्यै सरकारमा फर्किन नपाईने चिन्ताले सताएको छः प्रधानमन्त्री प्रचण्ड

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले गठबन्धनलाई कमजोर पार्ने र उल्टाउने कोसिस भइरहेको टिप्पणी गरेका छन् ।

आइतबार भरतपुर महानगरपालिकाका ३ मा आयोजित एक कार्यक्रमा उनले, कहिल्यै सरकारमा फर्किन नपाइने चिन्ताले गठबन्धनलाई कमजोर पार्ने र उल्टाउने कोसिस भइरहेको बताएका हुन् ।

सरकारले बनाएको मजबुत विदेशी सम्बन्धले नेपाललाई राजनीति स्थायित्व दिने र अब त्यसो भयो भने सरकारमा फर्किन सकिन्न भन्ने त्रासले गठबन्धनलाई कमजोर पार्ने प्रयास भएको उनको तर्क छ ।

“एकथरी मानिस छटपटिएका छन् । उनीहरुलाई के गरी गठबन्धन कमजोर पार्ने कसरी उल्टाउने यो गठबन्धनले यसरी नै सुशासन, सामाजिक न्यायको समृद्धिको र देशको राष्ट्रिय स्वाधिनतालाई अझ बलियो बनाउने, भारत अमेरिका र चीनसँगको सम्बन्धलाई मजबुत बनाउने भनेको नेपाललाई राजनीति स्थायित्व र विकासको नयाँ गति दिने प्रकृया पनि हो । यसबाट अब फेरि कहिँल्यै सरकारमा फर्किन पाइँदैन कि भनेर एकथरी चिन्तित छन्” प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले कोसी प्रदेशमा गठबन्धनले राम्रो गरेको देख्न नसकेर विभाजन ल्याउने खेल भएको आरोप लगाए । सभापति देउवा र शेखर कोइरालाबीचको समझदारीले त्यो खेल अन्त्य गरिएको उनको भनाई छ ।

प्रधानमन्त्रीले भने, “कोसी प्रदेशमा गठबन्धनले राम्रो गरेको देख्न नसकेर एक थरि मानिस खेल खेल्न सकिन्छ कि भनेर कुनै तरिकाले विभाजन ल्याउन सकिन्छ कि भनेर योजना अन्र्तगत काम गरे । तर शेरबहादुर देउवा र शेखर कोइरालाबीच समझदारी गरेर त्यो खेल अन्त्य गरिएको छ । अब यो गठबन्धनले पूर्ण कार्यकाल यही गतिमा काम गर्ने प्रतिवद्धता म गर्न चाहन्छु ।“

प्रधानमन्त्री प्रचण्डले आफ्नो विदेश भ्रमणमा भएका समझदारी र सहमतिले नेपालको प्रतिष्ठा, राष्ट्रिय स्वाधीनता र असंलग्न र स्वतन्त्र परराष्ट्रनीतिलाई नयाँ उचाइमा उठाएको विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal