आज :

इजरायलबाट २५४ विद्यार्थी काठमाडौँ आइपुगेः एयरपोर्टमा हर्षका आशु, आफन्त भन्छन्– सरकारलाई धन्यवाद

  • अनलाइन डबली

काठमाडौं । सरकारले इजरायलबाट उद्दार गरेर ल्याएका २५४ जना विद्यार्थी विहान काठमाडौँ आइपुगेका छन् । द्वन्द्वग्रस्त इजरायलको बेन गुरियन विमानस्थलबाट २ सय ५४ जना नेपाली बोकेको नेपाल वायु सेवा निगमको जहाज शुक्रबार बिहान काठमाडौं अवतरण भएको हो ।

हिजो अपरान्ह उडेको जहाज शुक्रबार बिहान करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो ।

युद्धग्रस्त क्षेत्रबाट फर्किएकालाई लिन विमानस्थलमा पुगेका आफन्तको आँशुमा हर्षको आँसु देखिएको थियो । परिवारजनहरू भावुक भएका थिए । उनीहरू अँगालो हालेर रोइरहेका देखिन्थे ।

विद्यार्थीहरुले इजरायलको अवस्थाबारे संचारकर्मीलाई संक्षिप्त जानकारी दिएका थिए ।

बिहिबार बिहान साढे २ बजे इजरायलका जहाज झण्डै २४ घण्टापछि नेपालीहरुको उद्दार गरी काठमाडौं फर्किएको हो ।

परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेवानीको जहाज इजरायलमा जोखिममा रहेका नेपालीको उद्दारका लागि पठाइएको थियो ।

वरिष्ठ क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्रुू मेम्बरले उद्धार उडान भरेका हुन् । हमासको आक्रमणमा परी त्यहाँ इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरूको शव भने ल्याइएको छैन ।

आफन्तहरुले सरकारलाई धन्यवाद दिँदै यो गुन कहिलै नभुल्ने बताएका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal