आज :

इजरायलबाट नेपाल फर्किने सबैलाई ल्याउन निगमको जहाज तयार छः मन्त्री किराती

  • अनलाइन डबली

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले इजरायलबाट फर्किन चाहने सबैलाई ल्याउन नेपाल वायु सेवा निगमको जहाज तयार रहेको बताएका छन् ।

आज प्रतिनिधि सभाको बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै किरातीले भने, “सरकारको निर्णय अनुसार पहिलो फ्लाईट गईसकेको छ । बेलुका साढे १२ वा १ बजेतिर आइपुग्छ । २५४ जना नेपालीहरु आउँदै छन्, ४ हजारभन्दा बढि नेपालीहरु छन् उता छन् । जतिले निवेदन दिनु हुन्छ नेपाल आउँन चहानु हुन्छ, आउँने जतिलाई ल्याउन हाम्रो जहाज तत्पर छ ।” उनले इजरायलको हिसांका कारण नेपाल फर्किन चाहानेका लागि सरकारले आवश्यक सहयोग र समन्वय गर्ने बताए ।

अर्को प्रसंगमा मन्त्री किरातीले नयाँ जहाज खरिद प्रक्रिया सुरु भइसकेको बताएका छन् । उनले अहिलेको अनियन्त्रित भाडा नियन्त्रणका लागि पनि नयाँ जहाज किन्नुको विकल्प नभएको उनको तर्क छ ।

“नियमभन्दाबाहिर जान कसैलाई पनि अधिकार छैन् । बजारमा बढेको अनियन्त्रित भाडालाई नियन्त्रण गर्नलाई नेपाल वायु सेवा निगममा जहाज चाहिँन्छ। त्यही कारणले जहाज किन्ने प्रक्रियामा हामी प्रवेश गरिसकेका छौ । त्यो भन्दा अन्यथा हुदैँन् । बजारमा रहेको विकृतीमाथि हस्तक्षेप पुग्दैन् । निजी कम्पनीहरुलाई बढि नियन्त्रण गर्दा पनि निजी कम्पनीमैत्री हुन सक्दैनौँ । तर उनीहरु पनि कानूनभन्दा बाहिर जान पाउँदैनन्” मन्त्री किरातीले भने ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal