
काठमाडौँ । कोशी प्रदेशमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ । विहीबारगठबन्धनको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसअघि नेपाली काँग्रेसबाट दुई पटक मुख्यमन्त्रीको बनिसकेको र नयाँ समिकरणमा मुख्यमन्त्री माओवादी केन्द्रबाट बनाउने शिर्ष नेताहरु सहमति भएका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवाले नै यसपटक मुख्यमन्त्रीको उम्मेदवार माओवादीबाट बनाउने बैठकमा प्रस्ताव गरेका थिए ।
कोशीमा गठबन्धनसँग पनि आवश्यक बहुमत नपुग्दा सरकार ढल्दै आएको छ । माओवादीलाई राप्रपाले सहयोग गर्न तयार भएपछि नयाँ समिकरण बन्न लागेको हो । राप्रपाले नेकपा एमालेलाई पत्यक्ष सहयोग नगरेपनि गठबन्धनलाई नदिँदा प्रदेशमा सरकार बन्ने र ढल्ने क्रम जारी रहेको थियो ।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनका लागि असोज २६ गते साँझ ५ बजेसम्मको समय सीमा दिएका छन् ।
बहुमत पुर्याउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएका थिए ।
कोशी प्रदेशसभा ९३ सदस्यीय छ । बहुमतका लागि कम्तीमा ४७ जना प्रदेशसभा सदस्यको साथ चाहिन्छ । कोशीमा नेकपा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीको एक जना सांसद छन् ।
सपटक राप्रपाले माओवादीलाई सहयोग गर्न तयार भएको गठबन्धनका नेताहरुले बताएका छन् ।