आज :

इजरायलमा निधन भएका विद्यार्थीको शव यथाशिघ्र नेपाल ल्याउन संसदीय समितिको निर्देशन

  • अनलाइन डबली

काठमाडौं । अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल –हमास द्वन्द्वमा परी निधन भएका १० नेपाली विद्यार्थीको शव यथाशिघ्र नेपाल ल्याउन र द्वन्द्वग्रस्त क्षेत्रका नेपालीको चाँडो उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको समितिको बैठकले यो दुःखद क्षणमा समितिले सरकारलाई समर्थन गरेको उल्लेख गर्दै समितिका सभापति राज किशोर यादवले छिटो १० नेपालीको शव नेपाल ल्याउन सरकारलाई निर्देशन दिएका हुन् ।

बैठकपछि समिति सभापति यादवले भने, ‘अकल्पनीय घटनाबाट निधन भएका नेपालीहरुको शव यथाशिघ्र नेपाल ल्याउन,घाइतेहरुको सिघ्र स्वास्थ उपचार गर्न, वेपत्ता भएका नेपालीको तत्काल,खोजी गर्न,अप्ठेरोमा परेका नेपालीको उद्धार एवम् सुरक्षित स्थानमा स्थानान्तरण गर्न,राहतको व्यवस्था गर्न स्वदेश आउन चाहने नेपालीलाई तत्काल स्वदेश ल्याउन आवश्यक समन्वय गरी सिघ्र पहलकदमी लिन समिति सरकारलाई निर्देशन गर्दछ ।’

समितिले भविष्यमा घट्न सक्ने यस्ता घटनाको आँकलन गरी विदेशस्थित नेपाली दूतावास र नियोगहरुलाई नेपालीहरुको विवरण संकलन गरी पूर्ण तयारी अवस्थामा राख्न र त्यस्ता निकायलाई स्रोत साधन सम्पन गरी सक्षम बनाउन समेत सरकारलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal