आज :

इजरायलको युद्ध क्षेत्रबाट रिजालले भने– हामी यहाँबाट सुरक्षित ठाउँमा जाँदैछौं

  • अनलाइन डबली

काठमाडौं । हमासको आक्रमणपछि इजरायलमा अलपत्र विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्न थालिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, कैलालीका विद्यार्थी लुईस रिजालले फेसबुकमा एउटा भिडियो पोष्ट गर्दै आफूहरूको उद्धारका लागि सेनाको टोली आइपुगेको जानकारी दिएका हुन् ।

‘हामी यहाँबाट सुरक्षित ठाउँमा जाँदैछौं। नेपाल सरकारले रेस्क्यु गरे हामीलाई राम्रो हुन्थ्यो,’ रिजालले भनेका छन्, ‘यहाँ अरु देशले आक्रमण गर्दैछ भन्ने हामीले सुनेका छौं।’ उनले भिडियोमा भनेका छन् ।

केहीलाई आर्मीले उद्धार गरेर लगिसकेको र भने केहीको आधा घन्टामै उद्धार हुने उनको भनाई छ ।

सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना विद्यार्थीहरू गत भदौ २९ गते अध्ययनका लागि त्यसतर्फ गएका थिए। तीमध्ये १० जनाको निधन भइसकेको सरकारले बताएको छ।

गम्भीर घाइते भएका ४ जनाको अस्पतालमा उपचार भइरहेको छ भने १ जना अझै सम्पर्क विहीन छन्।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal