आज :

इजरायल घटनाः मंगलबार राष्ट्रिय शोक घोषणा गर्ने सरकारको निर्णय, मृतकका परिवारलाई १० लाख दिने

  • अनलाइन डबली

काठमाडौं । सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा ज्यान गुमाएका विद्यार्थीहरुको सम्झनामा सरकारले एकदिन राष्ट्रिय शोक घोषणा गरेको हो ।

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्नुको साथै देशभरका सरकारी कार्यालय र विदेशस्थित कुटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माका अनुसार मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ ।

उक्त रकम अर्थ मन्त्रालयलले गृहमार्फत निकासा गर्नेछ । ४९ विद्यार्थीमध्ये केही निरन्तर सम्पर्कमा आउन थालेका छन् ।
राजदूतावासका अनुसार ४ जना घाइते छन् भने एकजना सम्पर्कविहीन छन् ।

यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि त्यहाँ रहेका विद्यार्थी विपिन सुवेदीसँग भिडिओ वार्ता गरेका थिए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal