Skip
आज :

इजरायलको बंकरभित्रबाटै प्रधानमन्त्रीलाई पत्रः हाम्रो आशा र भरोसा तपाईँ नै हो, चाँडा निकाल्नुस्

  • अनलाइन डबली

काठमाडौँ । इजरायल युद्धमा फसेका विद्यार्थीहरुले आफूलाई उद्दारको माग गरेका छन् । शनिबार विहान हमासले हमला गरेपछि सुरु भएको युद्धमा फसेका नेपाली विद्यार्थीहरुले आफूहरुको अवस्था नाजुक रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डलाई उद्दारको लागि अनुरोध गरेका छन् ।

युद्धमा १० जना विद्यार्थीहरुले ज्यान गुमाइसकेका छन् भने अझै केही फसेका छन् । नेपाली विद्यार्थी सुरज भण्डारीले बंकरभित्रैबाट प्रधानमन्त्री प्रचण्डलाई पत्र लेखेर उद्दारको लागि अनुरोध गरेका छन् । त्यसैगरी पाँच जनाको तर्फबाट विपिन सुवेदीले पनि भिडियो सन्देश पठाएर आफूहरुलाई उद्दार गर्न अनुरोध गरेका छन् ।

उनीहरुले आफूहरुले आँखै अगाडि १० जना गुमाएको र केही सम्पर्कविहीन भएको तथा घाइते भएको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थीहरूले उद्दारको लागि चाँडो पहल गर्न सरकारसँग माग गरेका छन् ।

विद्यार्थी विपिन सुवेदीले भिडियो सन्देशमा तीन दिनदेखि मानसिक र शारीरिक पीडाबाट गुज्रिरहेको भन्दै आफूहरूको अवस्था निकै नाजुक रहेको बताए । उनले शनिवारदेखि बंकरभित्रै लुकेर बसेको बताएका छन् ।

“हामी ५ जना छौँ । घरकालाई तनाव हुन्छ भनेर भिडियो नबनाउने पक्षमा थिए । तर, घरभन्दा माथि उठेर देशले केही नगरेको अवस्थामा यो भिडियो बनाउन विवश छौँ । यो बङ्कर हो । यो बंकरमा बस्न थालेको तीन दिन भयो । एम्बेसीले उद्धार गर्छ कि भनेर हामी लुगा लगाएर बसिरहेका छौँ । हामी रातभरि बंकरमाथि मिसाइल खस्दा निकै डर लाग्छ । हामीले १० जना साथी त गुमाइसकेका छौँ । हामी पनि गुम्छौँ कि भन्ने डर छ । १० जनाको साथीको त्यो चिच्याहट, हामीलाई गरेको हार गुहार, सुनेर रातभरि निद्रा लाग्दैन” सुवेदीले भिडियोमा भनेका छन् ।

सुरज भण्डारीले प्रचण्डलाई लेखेको पत्रः 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal