आज :

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली सिंहदरबार पुगे, के भयो कुराकानी ? 

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन् । शनिबार विहान ओली प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री र ओलीबीच भेटवार्ता भएको थियो । स्रोतका अनुसार पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि ओलीले भेटघाटलाई तीब्र पारेका छन् ।

सोही सक्रममा प्रधानमन्त्रीलाई पनि भेट्न ओली सिंहदरबार पुगेको बताइएको छ ।

तर प्रधानमन्त्री कार्यालयले भने भेटमा पछिल्लो समसामयिक राजनीति विषय र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विविध विषयमा छलफल भएको बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal