आज :

सांसद सापकोटाको प्रश्नः जनयुद्धका घाइतेहरुले गोली बोकेको शरीर लिएर सडकमा उत्रिनु पर्ने हो ?

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विपक्षी दलका नेतालाई संसदमा दिएको अभिव्यक्ति पुनर्विचार गर्न आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले समाजमा भड्किएको अराजकता थप चर्काउने भन्दै आफ्नो भनाईमा पुर्नविचार गर्नु पर्ने बताए ।

“प्रमुख प्रतिपक्ष भनेको ‘वेटिङ गभर्नमेन्ट’ हो । प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को बैठकमा आउनु भएन भने त्यो बैठक नै अगाडि जान सक्दैन । त्यसरी हेर्दा हाम्रो संविधानमा प्रमुख प्रतिपक्षलाई ‘पार्ट अफ दि स्टेट’का रूपमा लिइन्छ । यस्तो मूल नेताले विस्तृत शान्ति सम्झौता विपरित अभिव्यक्ति दिएर फेरि समाजमा हिँजो युद्धमा गएका सबै घाइतेहरूले गोलि बोकेको शरीर लिएर सडकमा आन्दोलन गर भनेर भन्न खोजेको हो ?” सापकोटाले प्रश्न गरे ।

सापकोटाले २०६३ साल मंसिर ५ गते नेकपा माओवादी र सरकारका बीचमा भएको विस्तृत शान्ति सम्झौतालाई सजिलै नबिर्सिन आग्रह समेत गरे ।

समाजलाई अनुशासित बनाउनका लागि सामाजिक सञ्जालमा व्यक्त भइरहेका उच्छृंखलतालाई नियन्त्रण गर्नुपर्ने र त्यसका लागि सबभन्दा पहिले राजनीति अनुशासित हुनुपर्ने सापकोटाले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal