
काठमाडौं । नेकपा(माओवादी केन्द्र)को हुम्ला काठमाडौं सम्पर्क–समन्वय समितिले केन्द्रीय राजधानी काठमाडौंमा अभियानलाई तिब्रता दिएको छ । ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानलाई घर–घरमा माओवादी ! जन–जनमा माओवादी !! नारासहित उपत्यकाका विभिन्न ठाउँमा गएर संगठन निर्माण गरिरहेको अध्यक्ष ज्ञानलाल लामाले बतए ।
समितिले बसाईको आधारमा सम्बन्धित क्षेत्रमा पार्टीको निर्देशनलाई आत्मसात गर्दै स्थानीय भूगोलमा जोड्दै लगेको लामाले बताए । जिल्लाको बसाईको बाहुल्यताको आधार बनाइ जनभेटघाट कार्यक्रमलाई निरन्तरतासँगै,पार्टी निर्माण र प्रचण्ड सरकारका राम्रा कार्यको बारे जानकारी दिदै आएको पनि बताए । जनताका आलोचना, रचनात्मक सुझाव, सल्लाह र महत्वूर्ण बिषयहरु आत्मसात गर्दै अगाडी बढीरहेको जानकारी दिए ।