
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड चीनको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्रीलाई सिचुवान प्रान्तका Vice Governor Yang Xingping , नेपालका लागि चिनिया राजदुत, बेइजिङ र सिचुवानका विदेशमन्त्रालयका उच्चपदस्थ अधिकारीहरुले छेन्दु विमानस्थलबाट विदाई गरेका छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर उतैबाट चीनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति, प्रधानमन्त्री, चिनिया कम्युनिस्ट पार्टीका नेता र सरकारी अधिकारीसँग भेटवार्ता गरेका थिए ।
नेपाल र चीनबीच एक दर्जन सम्झौता समेत भएका छन् ।
स्वदेश फिर्ता हुनुअघि प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तका सचिव वाङ सिआवोइले द्विपक्षीय भेटवार्ता गरेका थिए । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट हिजो मात्र छन्दु पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्ड गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् ।