
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण सकेर भोलि स्वदेश फिर्ता हुँदैछन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री उतैबाट चीन भ्रमणमा गएका थिए ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड आज चीनको छेन्दु जाने भएका छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनी स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे छेन्दु पुग्नेछन् । छेन्दुमा प्रधानमन्त्रीले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
आज साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नेछन् ।
प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्ड भोलि छेन्दुबाट सिधै स्वदेश फिर्ता कार्यक्रम रहेको छ ।