
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच १ दर्जन द्विपक्षीय सहमति तथा सम्झौता भएका छन् । बेइजिङको ग्रेट हल अफ दि पिपलमा चिनियाँ समकक्षी ली छ्याङसँगको भेटमा दुई देशबीच सम्झौताहरू भएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ प्रधानमन्त्री लिबीच नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको थियो ।
यी हुन् नेपाल र चीनबीच भएका सम्झौताहरुः
१. राष्ट्रिय योजना आयोग र नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन अफ द पिपल्स रिपब्लिक अफ चाइनाबिच मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ (एमओयू) मा हस्ताक्षर ।
२. चीन र नेपाल सरकारबिच नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरण ।
३. डिजिटल अर्थतन्त्रबारे सहकार्य अभिवृद्धि गर्नेबारे नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन र अर्थ मन्त्रालयबिच एमओयूमा हस्ताक्षर ।
४. नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन र वन तथा वातावरण मन्त्रालयबिच हरित र न्यून–कार्बोन विकाससम्बन्धी एमओयू ।
५. सिजाली विद्यालय परियोजनाबारे सम्झौता ।
६. कृषि, पशुपालन र मत्स्यपालनमा सहयकार्य गर्ने विषयमा चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालय र नेपालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयबिच एमओयूमा हस्ताक्षर ।
७. सन् १९८१ नेपाल–चीन व्यापार र भुक्तानी सम्झौतालाई मूल्याङ्कन र परिमार्जन गर्न एक संयुक्त प्राविधिक कार्यदल बनाउने विषयमा चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबिच एमओयूमा हस्ताक्षर ।
८. नेपालबाट चीनमा जडीबुटीको निर्यात गर्ने विषयमा चीनको जेनेरल एडमिनिस्ट्रेसन अफ कस्टम र नेपालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयबिच एमओयूमा हस्ताक्षर ।
९. चीनको नेसनल एडमिनिस्ट्रसन एन्ड पब्लिकेसन र नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबिच एमओयूमा हस्ताक्षर ।
११. विज्ञान, प्रविधि र नवीनतामा सहकार्यका लागि चीनको विज्ञान तथा प्रविधि मन्त्रालय र नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबिच एमओयूमा हस्ताक्षर ।
१२. मानव श्रोत र विपद् सामग्रीबारे पत्र आदानप्रदान ।
१३. हिल्सा–सिमिकोट सडक परियोजनाबारे सम्झौता ।