आज :

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणः नेपाल-चीन व्यापार सम्मेलनलाई आज सम्बोधन गर्दै

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्दैछन् । मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा रहेका प्रचण्डले बेइजेङिमा हुने सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उक्त सम्मेलनलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड बेइजिङ पुग्दैछन् । सम्मेलनमा नेपाल र चीनका १ सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी रहने जनाइएको छ ।

आजै प्रधानमन्त्री दाहाल रात्रिभोजमा सहभागी हुनेछन् । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गर्न लागिएको हो ।

प्रधानमन्त्री दाहालले सोमबार चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय वार्ता गर्नुको साथै चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल प्रतिनिधिमण्डलसहित यही असोज १३ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal