आज :

घर फर्किँदै शिक्षकहरु, भोलिबाट विद्यालय खुल्ने (यस्तो छ ७ बुँदे सहमति)

  • अनलाइन डबली

काठमाडौं । विभिन्न माग राखि काठमाडौँ आएका शिक्षकहरु आआफ्नो ठाउँमा फर्किँदैछन् । शुक्रबार सरकारसँग ७ बुँदे सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएसँगै शिक्षकहरु फर्किने लागेका हुन् ।

शुक्रबार गृहमन्त्रालयमा भएको वार्तामा विद्यालय शिक्षा विधेयकमा शिक्षकको दश वर्षमा आवधिक बढुवा हुने व्यवस्था गर्ने, माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवा हुनेको लागि न्यूनतम पाँच वर्ष सेवा कायम गर्ने, शिक्षक र कर्मचारी सम्बन्धी विभागीय कारवाही र सजाय सम्बन्धी विधेयकमा भएको व्यवस्था परिवर्तन गर्ने, उपचार खर्चको व्यवस्था गर्नेलगायतका महत्वपूर्ण सहमति भएका छन् ।

सहमतिमा नेपाल शिक्षक महासंघ र सरकारबीच हस्ताक्षर भएको छ । त्यसैगरी विभिन्न शिक्षक संगठनका पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।

यो सँगै आजैबाट सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएर पठनपाठनलाई सुचारु गर्ने पनि सहमति भएको थियो । आज शनिबार भएकोले भोलिबाट भोलिबाट मात्रै विद्यालयहरु खुल्ने छन् ।

यस्तो छ सहमतिः

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal