
काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट भेटवार्ता भएको हो ।
महासभामा भाग लिन पुगेका विभिन्न देशका प्रतिनिधिहरूको सम्मानमा बाइडेनले दिएको रात्रिभोजका क्रममा प्रचण्ड–बाइडेन भेट भएको हो ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले दुई नेताबीच भेटवार्ता भएको तस्बिर सार्वजनिक गरेको छ ।