आज :

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन, शुक्रबार पुनः बस्ने सहमति

  • अनलाइन डबली

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच गृहमन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन बनेको छ । विहीबार साँझ गृहमन्त्रालयमा भएको वार्तामा शिक्षकहरुले संविधान विपरितका आफ्ना एजेण्डाबाट पछि हट्न तयार नभएपछि वार्ता निष्कर्षविहीन बनेको हो ।

वार्तामा सरकारका तर्फबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र सम्बन्धित मन्त्रालयका सचिवहरु सहभागी छन् । त्यस्तै, शिक्षकहरुको तर्फबाट शिक्षक महासंघका पदाधिकारीहरु वार्तामा सहभागी रहेका छन् ।

वार्तापछि संचारकर्मीसँग कानूमन्त्री धनराज गुरुङले भोलि टुंग्याइने जानकारी दिए ।

त्यसैगरी नेपाल राष्ट्रिय राष्ट्रिय शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले अनिश्चितकालीन आन्दोलन जारी रहने बताए । उनले सहमति नभइ आन्दोलन नछोड्ने बताउँदै वार्ता कमिटी गठन गरेर मात्रै सहमति हुने बताए ।

वार्ता शुक्रबार विहान ९ बजे हुनेछ ।

सरकारले विद्यालय शिक्षा विधेयकमा शिक्षकहरुले नीजि विद्यालयमा लगानी गर्न र पढाउन नपाउने, चन्दा तथा दान लिन नपाउने,  शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिने, शिक्षकलाई ट्रेड युनियन अधिकार नदिने  दिनुपर्नेजस्ता प्रावधान राखेपछि शिक्षकहरु आन्दोलनमा उत्रेका हुन् ।

शिक्षकहरुले राखेका सबै माग पूरा गर्न सरकारले संविधान नै संशोधन गर्नुपर्ने हुने देखिएको छ । शिक्षकहरुले उठाएका सबै माग पूरा गर्न सरकार तयार नभएपनि ट्रेड युनियनलगायतका माग भने पूरा गर्न सक्ने अधिकारीहरु बताउँछन् ।

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal