आज :

संविधान दिवसः राष्ट्रपति पौडेलले गरे ६ सय ७० जना कैदीको कैद माफी मिनाहा

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६ सय ७० जना कैदीबन्दीलाई कैद माफी मिनाहा गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा उक्त कैदीहरुको भुक्तान गर्न बाँकी कैद राष्ट्रपतिले मिनाहा गरेका हुन् । उनले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, कारागार नियमावली, सर्वोच्च अदालतको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार आजबाट लागू हुनेगरी उनीहरुलाई माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal