आज :

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता, शान्तिप्रक्रियाबारे छलफल

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आइतबार अमेरिका पुगेका प्रधानमन्त्री र महासचिव गुटेरेसबीच भेटवार्ता भएको हो ।

न्यूयोर्कस्थित राष्ट्रसंघको कार्यालयमा भएको भेटमा नेपालको शान्ति प्रक्रिया, शान्ति सेना, जलवायु परिवर्तन, दीगो विकासका लक्ष्यहरू लगायतका विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड हस्ताक्षरकर्ता भएकोले पनि महासचिव महासचिव गुटेरेसले भेटमा शान्तिप्रक्रियाबारे विशेष चाँसो व्यक्त गरेका थिए । त्यस्तै,  नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्यलाई थप सुदृढ गर्न प्रधानमन्त्री र गुटेरेस सहमत भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले मन्तव्य व्यक्त गर्नेछन् ।

त्यसअघि आगामी असोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् । न्यूयोर्कमा रहँदा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधनसँगै विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा स्वकीय सचिव गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र, सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal