काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दै छ । शुक्रबार प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीको कार्यालयका अनुसार आज अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने छ ।
प्रधानमन्त्री प्रचण्डको अमेरिका र चीन भ्रमण मुख्य एजेण्डा भएको बताइएको छ ।
प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन शनिबार न्युयोर्क प्रस्थान गर्दैछन् । उतैबाट चीन भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।
त्यस्तै, अन्य समसामुहिक प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ ।