आज :

नेवार समुदायले आज  बौद्ध संस्कृतिअनुसार  पञ्चदान पर्व मनाउँदै

  • बुद्धशरण शाही

काठमाडौं ।   नेवा: ( नेवार ) समुदायले आज  बौद्ध संस्कृतिअनुसार  पञ्चदान पर्व मनाउँछन् ।  नेपाल संवत् तिथि अनुसार हरेक बर्ष  गुंलागा त्रयोदशी आज मंगलबार  पञ्चदान पनाउने प्रचलन रहदै आएको छ  ।

उपत्यकाका वौद्ध नेवार समुदायले यस दिन आँगन, वहाः, वहीमा दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाएर चुडाकर्म गरेका शाक्य, बज्राचार्य र बुद्धाचार्यलाई चामल, धान, गहुँ, नुन, सानो केराउ, कालो भटमास, कुचो, तेल, खीर, दूध, दक्षिणा आदि दान गर्ने गरिन्छ ।

काठमाडौंको स्वयम्भू महाचैत्यमा मंगलबार दान दिने र लिनेको ठूलो भीड लाग्ने गर्दछ । पञ्चदान लिने र दिने दुबैलाई पुण्य र भविष्यमा निर्वाण प्राप्त हुने विश्वास गरिन्छ ।

मंगलबारकै दिन महाबौद्धबाट १ सय २० जना भिक्षुहरु भिक्षाटन गर्दै स्वयम्भूको भगवानपाउस्थित भुइखेल पुग्ने गर्दछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal