आज :

नेम्वाङको निधनप्रति राष्ट्रपति, प्रधानमन्त्री र देउवाद्वारा दुःख व्यक्त

  • अनलाइन डबली

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले मंगलबार विहानै सामाजिक संजाल ट्वीटरमा नेम्वाङको निधनले आफूलाई मर्माहत र स्तब्ध बनाएको बताएका छन् ।

पौडेलले ट्वीटमा लेखेका छन् ‘संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध बनाएको छ ।’ उनले नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गर्दै परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

त्यसैगरी प्रधानमनत्री प्रचण्डले पनि ट्वीटरमार्फत नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका छन् ।

‘संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु’ प्रधानमन्त्रीले ट्वीटरमा लेखेका छन् ।

प्रधानमन्त्री प्रचण्ड अस्पतालमै पुगेर नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि नेम्वाङको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । देउवाले परिवारमा समवेदना समेत व्यक्त गरेका छन् ।
एमाले उपाध्यक्ष नेम्वाङको गएराति १ बजे हृदयघातका कारण निधन भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal