आज :

रचना रिमालको स्वर र डा.ओमकृष्ण प्रसाईंको गीत ‘पिता’ सार्बजनिक

  • अनलाइन डबली

काठमाडौं । चर्चित गायीका रचना रिमालको स्वर, राज्य राई देमिनको संगीत र निर्देशन रहेको गीतकार डा.ओमकृष्ण प्रसाईंको ‘पिता’ बोलको गीत बिहिबार संवाद डबलीमा सार्बजनिक भएको छ ।

सो कार्यक्रममा वरिष्ठ संगीतकार सुरेश चन्द्र अधिकारीले डा.ओमकृष्ण प्रसाईंको ‘पिता’ गीत सांगीतक क्षेत्रमा नयाँ आयामको गीत आएको धारणा राखेका छन् । संसारमा आमा या अरु कुनै पनि विषयमा निकै स्तुति गान हुने गरे पनि पिताको विषयमा त्यस्तो नपाईको परिप्रेक्षमा सांगितकोे माध्यमबाट साम्मान हुनु ऐतिहासिक भएको जिकिर गरे ।

गीतकार डा.प्रसाईंले परिवारको सबैभन्दा जिम्मेवारी व्यक्ती पितालाई सम्झेर गीत सिर्जना, निर्माण र प्रस्तुतीकरण गरेर आमा र बुबा सन्तानका लागि समान र प्रकृतिका अमुल्य बरदान भएको बताउने प्रयास गरेको बताए ।

त्यसैगरी वरिष्ठ संगीतकार चेतन सापकोटा, वसन्त सापकोटा लगायतले सो गीतको समिक्षा गरेका थिए ।
उनिहरुले समिक्षा गर्दै परिवारमा प्रेम सेलाएको,एक अर्काबीच विचारसिलता हराएर सम्मान समेत बिलाउदै गैरहेको परिप्रेक्षमा अहिले हाम्रो समाज बिकृतीतर्फ धकेलि रहेकोले यस गीतले केही नयाँ सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे ।

गीतकारः डा.ओमकृष्ण प्रसाईं
संगीतः राज्य राई देमिन,
स्वरः रचना रिमाल,
एरेन्जरः संजय हमाल,
स्टुडियोः एलेबल,
रेकर्डिष्टः सुबास कुथुमी राई,
गीत मिक्सिङः गोविन्द सोनि,
कलाकारः ओम कृष्ण प्रसाईं÷अनु आचार्य
बाल कलाकारः नायरा प्रसाईं÷पसाङ शेर्पा
क्यामेराः बिनोद सापकोटा,
मेकअपः सुमन शंकर ,
सम्पादनः राजेन्द्र खडका,
निर्देशनःराज्य राई देमिन,

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal