Skip
आज :

धनगढीमा माओवादी अभियानः हामी गाउँ फर्केकोमा जनता खुशी छन्ः साउद

  • अनलाइन डबली

कैलाली । नेकपा (माओवादी केन्द्र) ले कैलालीको धनगढी उपमहानगरपालिकामा अभियान तीब्र बनाएको छ । एक नम्बर कमाण्डका इन्चार्ज दिपक साउदका अनुसार नगर कमिटीको र वडाका बैठक सम्पन्न चलिरहेका छन् । अहिले पार्टी सदस्यता नविकरणको कार्य जारी रहेको साउदले बताए ।

एक नम्बर कमाण्डमा पहिलो चरणका बैठक सम्पन्न भइसकेका छन् भने अहिले पार्टीलाई व्यवस्थित र संगठन सुदृढ गर्न पार्टी सदस्यता नविकरणका बैठक र छलफल जारी रहेको इन्चार्ज साउदले जानकारी दिए ।

विहीबार वडा नम्बर ३ को बैठक सम्पन्न भएको भएको छ । वडामा रहेका अधिकांश पार्टी सदस्यहरु सदस्यता नविकरणमा लागेको बताइएको छ ।

पार्टीका केन्द्रीय सदस्य समेत रहेका साउदले भने, “अभियानको क्रममा जनताको घरमा पुग्दा माओवादीले नै समृद्धि र समाजवादको यात्राको नेतृत्व गर्न सक्ने भएकोले पनि होला जनताले बढी हामीसँगै आशा र अपेक्षा गरेका छन् । केही हाम्रा विगतका कमजोरीबाट जनताका गुनासा पनि छन् । तर, आधारभूत वर्ग विचलित भएको छैन ।” माओवादी गाउँ फर्केकोमा जनता खुशी भएको आफूले पाएको उनले बताए ।

त्यसैगरी कमाण्ड दुई र तीनमा पनि पहिलो चरणका कार्यक्रम जारी रहेका छन् । बुधबार वडा नम्बर १८ को बैठक सम्पन्न भएको छ । बैठकमा पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज डिलाराम आचार्यको पनि उपस्थिति रहेको थियो ।

सचिव आचार्यले विगतको कमी कमजोरीलाई सच्चाउँन आफूहरु जनतामा आएको बताउँदै समाजवाद प्राप्तिको लागि जनता र माओवादीबीच पुःन एकाकार हुन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal