आज :

नेत्रज्योति संघ र सीबीएम सहकार्यको ४० वर्षः १ करोड २० लाख बढीलाई सेवा

  • अनलाइन डबली

काठमाडौं । नेपाल नेत्रज्योति संघ र दातृ निकाय सीबीएम ग्लोबलबीचको सहकार्यको गौरवपूर्ण ४० वर्ष पूरा भएको छ । सन् १९८२ सालमा नेत्रज्योति संघको आग्रहमा सीबीएमले जर्मनबाट डा. अल्बर्ट हेनिङ र उनकी श्रीमतिलाई नेपालमा आँखा स्वास्थ्य सेवाको विकास र विस्तारका लागि नेपाल पठाएसँगै दुई संस्थाहरुका बीचमा औपचारिक सहकार्यको प्रारम्भ भएको थियो ।

आज ४० वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा पूर्व मन्त्री पद्म नारायण चौधरीले सहकार्यले यो सफलता प्राप्त गर्नु ठूलो सफलता भएको बताए । उनले भने ‘ समाजसेवाको लागि अगाडि बढ्दा धेरै उतार चढाव आउँछ, आज जुन अवस्थामा हामी छौ हामीले कहिले पनि आजको अवस्थामा आउँछौ भन्ने सोचेका थिएनौ । यो राष्ट्रको लागि र सबैको लागि गौरव भएको छ । यी दुई संस्थाहरुबीचमा सहकार्य सुरुवात हुनुअघि सन् १९८१ मा ०.८४ प्रतिशत रहेको नेपालको अन्धोपनाको अवस्था अहिलेसम्म आइपुग्दा घटेर ०.२८ प्रतिशतमा झरेको छ । नेपालले प्राप्त गरेको यो उपलब्धिमा यी दुई संस्थाहरुबीचको सहकार्यले महत्वपूर्ण स्थान ओगटेको छ ।

संघका संस्थापक महासचिव एवं नेपालको आखाँ स्वास्थ्य प्रणालीका परिकल्पनाकार प्रा. डा रामप्रसाद पोखरेल ’आँखाबा’ को आँखा स्वास्थ्य सेवालाई देशैभर विस्तार गर्ने योजनालाई मूर्त रुप दिने क्रममा जर्मनबाट आएका डा. हेनिङलाई तत्कालीन पुर्वाञ्चल विकास क्षेत्रमा आँखा स्वास्थ्य क्षेत्रको विकास र विस्तारका लागि लहानमा पठाइएको थियो । सीबीएमबाट खटाइएका डा.हेनिङको अनवरत प्रयास र मेहनतमा स्थापना भएको लहानको नेपाल नेत्रज्योति संघ सगरमाथा चौधरी आँखा अस्पताल र विराटनगर आँखा अस्पताल अहिले विश्वमै सबैभन्दा सर्वसुलभ मूल्यमा गुणस्तरीय आँखा उचार सेवा प्रवाह गर्दै आइरहेका छन् ।

अहिले नेपाल नेत्रज्योति संघ लहान आँखा तथा कान उपचार प्रणाली तत्कालीन अन्तरर्गत २ वटा विशिष्टिकृत सेवासहितका आँखा अस्पताल र ३१ वटा आँखा उपचार केन्द्रहरु संचालनमा छन् । स्थापना देखि हालसम्म लहान आँखा तथा कान उपचार प्रणाली अन्तर्गतका आँखा अस्पताल तथा आँखा उपचार केन्द्रहरुमार्फत १ करोड २० लाख मानिसहरुले आँखा उपचार सेवा प्राप्त गरिसकेका छन् भने २० लाखभन्दा बढी बिरामीहरुको आँखाको शल्यक्रिया सम्पन्न भएको छ ।

सन् १९८१ भन्दा पहिले नेपालका आँखाका बिरामीहरु उपचारका लागि छिमेकी मुलुक भारतमा जानुपर्ने बाध्यता थियो तर अहिले अवस्था फेरिएको छ । नेपालका आँखा अस्पतालले प्रभाव गर्ने गुणस्तरीय र सस्तो उपचार सेवाका कारण अहिले वार्षिक लाखौं भारतीय नागरिकहरु नेपालमा उपचारका लागि आइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal