आज :

यूरो–अमेरिकी किल्ला ढल्ने अन्तिम तयारिमा विश्व पुर्नःजागरणको अभियानमा !

  • ईमान सिंह बटाला

दुई शताब्दीदेखि विश्वलाई एक धुर्बियरुपमा चलाउदै आएको पश्चिमा जगत विशेष गरेर अमेरिका अब लगभग अस्ताउने र विश्व जगतबाट उसको सुपर पावरको मान्यता खोसिने पक्का पक्की छ । हुन त पुर्वीय दर्शन र सभ्यता कुनै बेला निकै सभ्य, सत्य, सनातन आधुनिक र वैज्ञानिक थिए, तर ती सभ्यतालाई परिस्कृत,आधुनिक र वैज्ञानिक उचाईमा पुर्याउन नसकिदा केहि समय पछि पर्न गए तर सत्य सनातन प्रताडीत हुनसक्छ पराजित हुन सक्दैन ।

विशेषत शोभियत संघको विघटन पछि लगभग–लगभग विश्वमा एक छत्ररुपमा अमेरिकन र पश्चिमाहरुले उनिहरु आफु अनुकुल ब्याख्यातमक राज्य प्रणाली,सामाजिक व्यावस्था,धर्म,संस्कृति,परम्परा र अर्थव्यवस्था जÞबरदस्तरुपमा पुरै विश्वमा फैलाउँदै अरबौ रकम खर्च गरेर अरुले मान्ने धर्म,सस्कार,परम्परा,रिति,रिवाज,चाल,चलन,रहन,सहन,भेष,भुषा पछौटे पन हो भन्ने कुरा स्थापित गर्न उद्दत भए । त्यसैको सिकार केहि देश बाहेक लगभग लगभग पुरै विश्व भयो तर केहि देशमा बाहेक अन्यत्र वि कास हुन सकेन किनकी त्यो कुरा झुट थियो । उनिहरुले आफ्नो नवउपनिवेश लाई कालान्तरसम्म टिकाई राख्न गरिएको नाटक मात्र थियो । झन विश्वका अन्य देशहरु विकासको साटो रोग,भोग,गÞरीबी,हत्या,हिंसा,द्वन्द,मानसिक बिछिप्तता,अप्राकृतिक संबन्ध जस्ता समस्या बाट ग्रसित हुन थाले ।

भनिन्छ ‘सत्य लुक्दैन झुट टिक्दैन’, हो आज एसिया देखि यूरोपसम्म, खाडीदेखि रसियासम्म, दक्षिण अमेरिकादेखि अफÞ्रीकासम्म,क्यारेबियन सागरदेखि ईजिप्टसम्म बहुधुर्बीय विश्वको परिकल्पना गर्न थालियो । देश परिवेश, समाज भुगोल अनुसार फरक–फरक राज्य व्यावस्था हुनु पर्छ भन्ने कुराले मुख्य बहस पायो । कुनै देश कुनै अर्को देशको मालिक हुन सक्दैन विश्व सुरक्षाको चासो उठ्न थाल्यो एक ठाउँ परिवेशमा हुने धर्म,संस्कृति, परम्परा,भेष,भुषा,रिति,रिवाज,चाल,चलन,रहन,सहन सबै ठॉउका लागि उपयुक्त हुन सक्दैनन र हुनु पनि हुदैन भन्दै पुर्नः जागरणको मसाल उठ्न थाल्यो । विशेषत प्रजातन्त्र,खुल्ला बजार अर्थव्यवस्था,पुँजिवाद र नाटकीय मानवाधिकारका कुरा उठाएर विश्वलाई आफ्नो मुठ्ठिमा राख्दै आएको पश्चिमा जगतको लंगोट खुस्किन थाल्यो । मानिसको गरीबी र बिवस्थाको उपयोग गर्दै विश्वबाट स्रोत र साधन लुट्ने अनि राज गर्ने विरुद्ध बॉकी विश्व जगत एक साथ उठ्न थालेको छ ।

भनिन्छ नी ‘मालिकको जतिनै सेवा गरे पनि नोकर कहिलै मालिक बन्न सक्दैन र मालिकले चाहेको दिन डण्डित गरेरै छोड्छ ।’ पछिल्लो झण्डै डेढ वर्षदेखि चलिरहेको यूक्रेन–रुसको युद्धले केहि विश्वलाई गहन खालका पाठ र शिक्षा दिदैछ । यूरोपमा रहेको यूक्रेन आर्थिकरुपमा सबल देश थियो, जब पश्चिमाहरुले रुसको बढ्दो शक्तिलाई देखेर डाहाले जन निर्वाचित यूक्रेनी राष्ट्रपतिलाई अपदस्थ गर्दै एउटा आफ्नो कठपुतली मानिसलाई सड़कबाट राष्ट्रपति बनाए र त्यस पछि यूक्रेनी जनताको ओरालोका दिन सुरु भए ।

यति हुदा पनि यूक्रेनी जनतालाई केहि थाहा थिएन । एलो रिभोलुसनको नाममा बिद्रोह गराईयो त्यस पछि अहिलेका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की (हस्या कलाकार)लाई निर्वाचनको नाटक मञ्चन गरेर राष्ट्रपति बनाईयो । देश कहाँ पुग्यो सबैलाइ थाह छ त्यसभित्र धेरै कुराहरु छन् म तेता तिर धेरै गईन । आज उनिहरुले यूरोपमा अझै भनौ नाटोका देशमा शरण समेत पईराखेका छैनन्,न आज देश रहने भयो न यूक्रेनी जनता ! शासक वर्ग मालिकको दास बन्दा हुने हालत यस्तै हो ।

प्रशंग बद्लौ केहि समय पहिले चिनले साघांई सम्मेलनबाट विश्वलाई विशेषत तिनवटा सन्देश दिएको छ । पहिलो विश्व शक्ति बहु धुर्बिय हुनु पर्छ,दोस्रो विश्वमा रहेका हरेक देशको सुरक्षाको ग्यारेन्टी गरिनु पर्छ र तेस्रो विश्वाका सम्पूर्ण देशको पारस्परिक विकाससंगै देश सुहाउदो राज्य प्राणाली हुनु पर्छ भन्ने सन्देश दियो । यसैको फलस्वरूप झण्डै दुई दशकसम्म कुटनीतिक सम्बन्ध नराखेका मुलुक ईरान र यूएईको नयॉ सम्बन्ध विकास गर्न चीनले खेलेको मध्यस्थताले सफलता हासिल गर्यो । त्यस्तै खाडिका देशहरु र तुर्कीबिच नयॉ सम्बन्ध स्थापित भयो हुँदा हँुदा खाड़ीका देश सहित स्लामिक देशबीच छुट्टै नया धुर्ब विकासको सन्देश दिनुका साथै खाड़ी क्षेत्रमा जल सेना गठन गर्ने भन्ने तिर पुगे ।

एसिया बाट पश्चिमाहरु लगभग लगभग जापान र दक्षिण कोरिया लगायत एक दुई देशमा सिमित हुदै भाग्न थालेका छन् । एसिया जाग्यो आफ्नो पनमा,आफ्नो सभ्यतामा,संस्कृतिमा,रितिमा,रिवाजमा !त्येस्तै पश्चिमाहरुले लामो समय देखि स्रोत र साधन लुट्दै आएको अफÞ्रीका देशहरु आफ्नो पनमा जागरणको बिगुल फुक्दै छन् ।तेसैको पछिलो कडिका रुपमा नाईजरले पश्चिमी गÞुलामी राष्ट्रपति लाई अपदस्थ गरेर सेनाले सत्ता हातमा लियो सेनाको समर्थनमा लाखौ जनता सड़कमा आए एउटै स्वरमा भने नवउपनिवेशका गुलाम मुर्दाबाद ! नाईजर सेना जÞिन्दाबाद !! अरु अफÞ्रीकी मुलुकमा यो क्रम जारी छ ।

दक्षिण अमेरिकी देशहरु एक दुई बाहेक सबै देशहरु सांघाई कोअप्रेशनका सदस्य बन्दा अमेरिकाको नाकैमा बिद्रोह गरे । दक्षिण क्षेत्र बाट पनि पश्चिमा एकलबाद र मलिकी पन समाप्त भएको छ । खाड़ी पुरै जागि सक्यो,अफÞ्रीका जागि सक्यो ,यूरोपमा धेरै देश जागि सके ,एसिया पुरै जागि सक्यो लगभग लगभग बिश्वको ७० प्रतिशत देशहरुले पुनः जागरणको मसाल बोकि रहेको बेला हाम्रा देशका कमाराहरु मालिकको सेवा र सत्कारमा खुल्लेआम डण्डवत छन् ।

नेपालीले यिनको हर्कत नबुझेको हैन जागरणको आदिवेरि आउनु अघिको संनाटा हो यो ! अब हामी यस कुरामा जागरूकता हुने बेला भयो हाम्रो देशको राज्य प्रणाली कस्तो हुने? हामीले बहस गर्ने हो ,हामीले छान्ने हो , हामीले अपनाउने हो ,हामीले अवलम्बन गर्ने हो नकि कसैले थोपरेको ब्याबस्था । जागरण हामीले हाम्रो चिन्तनमा,संस्कारमा,सभ्यतामा ,परिवेशमा,ब्याबस्थामा आफ्नो पन खोज्ने बेला भयो ।हामी लाई हाम्रो देश सुहाउदो कुन ब्याबस्था ठिक हुन्छ हामीले बहस र गर्ने हो न की ल्न्इ र क्ष्ल्न्इले हामीले गर्नु पर्छ ।

हामीले हाम्रा सभ्यता लाई अझ बाहिर ल्याउनु छ मिथिला सभ्यता,केशी सभ्यता,गण्डक सभ्यता, बागमती सभ्यता,कणाली सभ्यता र साथै हाम्रो संस्कार सिता, भृकुटी,जानकी, भद्रकाली,दक्षिणकाली मतलब नारी बादी नारीको सम्मानको साथै हाम्रो बौद्ध सभ्यता र संस्कार,हाम्रो पशुपत सभ्यता र संस्कार,हाम्रो मर्हिसी गुरुकुल सभ्यता र संस्कार साथै हिमाली, पहाडी र तराईको सभ्यता र संस्कारको उन्नत बिकास गर्न सक्दा सामाजिक, रानितिक र आर्थिक रुपमा छोटो समयमानै यो देश लाई बिकास गर्न सकिन्छ । बुद्ध जन्मभूमिले बिश्व जगत लाई शान्तिको संदेश दिदै यो ज्ञनभूमि ,तपोभूमि, सयै संस्कार र सभ्यताको बगैचा हो । यों जागरणको मसाल हृदयमा, बिचारमा, बोकेर जागौ ! बाकी नोकरहरु जलेर खरानी हुने दिन नजिकै छ ! जबैको जय होस ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal