आज :

लोकगीतले नेपाली समाज र संस्कृतिमा गहिरो जरा गाडेको छ : मन्त्री किराती

  • अनलाइन डबली

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले लोकगीतले नेपाली समाज र संस्कृतिमा गहिरो जरा गाडेको बताएका छन् ।

राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित नारायण रायमाझी सांगीतिक साँझ २०८० लाई सम्बोधन गर्दै मन्त्री किरातीले लोकगीत नेपाली समाजको आदिम अभ्यास भएकाले यसले नेपाली समाज र संस्कृतिमा गहिरो जरा गाडेको बताएका हुन् ।

उनले भने,‘नेपाली समाजको आदिम अभ्यास हो लोकगीत यसले नै समाज र संस्कृतिमा गहिरो जरा गाडेको छ । गुरुङ मगर समुदायमा रोदी गाईन्छ । त्यसमा महिलाले नेतृत्व गर्दछन् भनिन्छ नेतृत्व मात्र होईन् मातृसत्तात्मक व्यवस्थाको परिचय पनि हो ।’

उनले आफ्नो स्व.बुबाको दुई महिनाको पेन्सन राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान लाई सहयोग गर्ने पनि बताए ।

बुबाको दुई महिनाको पेन्सन आफ्नो खातामा आएको र कसरी खाने होला भनेर नराम्रो लागेको अवस्थामा प्रतिष्ठानले कार्यक्रम आयोजना गरेर धेरै खर्च गरेको भन्दै सहयोग स्वरुप एक लाख रुपैयाँ सहयोग गर्ने बताएका हुन् ।

उनले भने,‘मेरो बुबा बितेर जानुभयो । उहाँको दुई महिनाको पेन्सन मेरो खातामा आएको छ । कसरी खाने होला जस्तो भएको छ । यो कार्यक्रममा माला लगाउने अतिथि नै यति धेरै हुनुन्छ संस्थाले भेल

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal