आज :

रक्षा बन्धन र गाईजात्राको अबसरमा प्रधानमन्त्रीको शुभकामनाः एकता र सदभावलाई राष्ट्र र जनताको हितमा प्रयोग गरौं

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले गाईजात्रा र रक्षाबन्धनको अबसरमा शुभकामना दिँदै इतिहासदेखि कायम हुँदै आएको एकता र सद्भावलाई राष्ट्र र जनताको हित एवं विकासका पक्षमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

विहीबार विहान एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले नेपालीहरूका मौलिक सांस्कृतिक पर्वहरू गाईजात्रा तथा जनै पूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीलाई शुभकामना दिँदै उनले सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको कामना पनि व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘प्राचीन कालदेखि नै नेपाल विभिन्न जातजाति, भासाभासी, सभ्यता र संस्कृतिको सङ्गमको रूपमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकतासहित अक्षुण एवं सार्वभौम राष्ट्रका रूपमा रहिआएको छ । जाति, भाषा र पर्वहरूको विविधताले सभ्यता र संस्कृतिमा नेपालको वैशवशाली गौरव प्रमाणित गर्दछन् ।’

प्रधानमन्त्रीले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित मुलुकमा विद्यमान विकृति, विसङ्गति, भ्रष्टाचार, बेथितिको अन्त्य गरी सुशासन कायम गर्न, व्यवस्थामा आएको गुणात्मक परिवर्तनअनुरूप जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन तथा विभिन्न महामारी, विश्व भूराजनीतिक सङ्कट र हाम्रो आफ्नै व्यवस्थापकीय कौशलताको सीमाका कारण अप्ठ्यारो परिस्थितिमा रहेको अर्थतन्त्रलाई लयमा फर्काएर विकास र समृद्धिको क्षेत्रमा तीव्रता दिने सङ्कल्पमा रहेको पनि सन्देशमार्फत उनले दाबी गरेका छन् ।

‘पछिल्लो समय सरकारको तर्फबाट जे–जति पहलहरू लिइएका छन्, ती सबै देशको समुन्नति र जनताको बृहत्तर हितको चाहनाद्वारा परिलक्षित छन् । तसर्थ, यस ऐतिहासिक अवसरमा इतिहासदेखि कायम हुँदै आएको हाम्रो एकता र सद्भावलाई राष्ट्र र जनताको हित एवं विकासका पक्षमा थप उचाइमा पुर्याउनसमेत आम जनसमुदायमा हार्दिक अपिल गर्दछु’, सन्देशमा भनिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal