आज :

अमेरिकाले व्याख्यात्म घोषणा स्वीकार गर्यो, १२ बुँदे घोषणाको पूर्णपाठ

  • अनलाइन डबली

काठमाडौं । अमेरिकाले एमसीसीबारे संसदले पारित गरेको व्याख्यात्मक घोषणालाई स्वीकार गरेको छ । योसँगै अमेरिका र नेपालबीच ६ बर्ष पहिले सम्झौता भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्टअ) आजबाट पूर्णरूपमा कार्यान्वयनमा जाने भएको छ ।

एमसीसी स्वीकार गर्ने र नगर्ने विवाद बढ्दै गएपछि प्रधानमन्त्री प्रचण्डको पहलमा संसदले व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गरेको थियो ।

तत्कालिन सरकारले मन्त्रिपरिषद् बैठकबाट नेपाल कुनै सैन्य गठबन्धनमा संलग्न नहुने, नेपालको कानुन र संविधान भन्दा एमसीसी माथि नहुनेलगायतका विवादित १२ बुँदामा सरकारले आफ्नो धारणा सार्वजनिक गरेको थियो ।

त्यसपछि सरकारले संसदमा पेश गरेको थियो । संसदमा ठूला तीन राजनीतिक पार्टीले समर्थन जनाएका थिए ।

साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) को सञ्चालक समिति बैठकले भदौ १३ लाई इआइएफ मिति तोकेको थियो ।

एमसीसी नेपाल कम्याक्टअन्तर्गत कार्यान्वयन हुने विद्युत् प्रसारणलाइन र सडक निर्माणसम्बन्धी आयोजनाको काम इआईएफ मिति घोषणा भएको पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्नेछ । यसरी पाँच वर्ष गणना थालिने अवधि आजलाई तोकिएको हो ।

यसैबीच एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल भ्रमणमा आइपुगेका छन् । नेपालसँगको एमसीसी सम्झौताको सुरुआतको अवसर पारेर एमसीसीका सम्झौता कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार नेपाल भ्रमणमा आएका छन् ।

यस्तो छ १२ बुँदे व्याख्यात्मक घोषणाः 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal