आज :

जस्टिस फर शारुक’ लेख्दै नम्रताले भनिन्: प्रहरी प्रशासनलाई मेरो पूर्ण सपोर्ट छ

  • अनलाइन डबली

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता शारुक ताम्राकारको मृत्य प्रकरणमा प्रहरी प्रशासनलाई सहयोग गर्न तयार रहेको बताएकी छिन् । सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू महिला भएकै कारण आफुमाथि सामाजिक आक्रमण भएको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छिन् ‘ अनुसन्धानलाई प्रभाव पार्ने काम कोही कसैबाट नगरौं, जस्टिस फर शारुक निष्पक्ष छानविन होस, म र मेरो परिवारको तर्फबाट प्रहरी प्रशासनलाई अनुसन्धानको सवालमा पूर्ण सपोर्ट रहने छ । कपोकल्पित तवरले देशै छोडेर क्यानडा तिर गएको जस्ता फण्डाहरु फिजाइएको तर आफु कही पनि नगएर देशमै रहेको पनि उनको प्रष्टोक्ति छ ।

उनले लेखेकी छिन ‘ कपोकल्पित तवरले देशै छोडेर क्यानडा तिर गएको जस्ता फण्डाहरु फिजाइयो, जब कि इण्डिया भन्दा बाहिर देश जाँदा भिसा चाहिन्छ, प्रहरी प्रशासनलाई बयान दिन जाँदा मेरो पासपोर्ट हेरेर प्रहरी अधिकारीहरुले भन्नु भयो.. तपाई त विदेश तिर जानुभो भनेर हङगामा थियो त मिडियाहरु तिर ..तर कतै भिजिट गरेको देखिन्नत भनेर अचम्मित हुनु भयो । ’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal