आज :

इन्जिनियरिङको शूल्कवृद्धि फिर्ता लिन चार विद्यार्थी संगठनको आइओईलाई आजसम्मको अल्टिमेटम

  • अनलाइन डबली

काठमाडौं । समाजवादी मोर्चा अन्तरगतको विद्यार्थी संगठनहरुले इन्जिनियरिङको स्नातक तहमा भएको शुल्कवृद्धि खारेज नगरे कडा आन्दोलनको चेतावनी दिएका छन् । संवाद डबलीमा पत्रकार सम्मेलन गरेर इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) लाई शुक्रबार बेलुकासम्म शूल्कवृद्धिको लागि अल्टिमेटम दिएका छन् ।

चार विद्यार्थी संगठनले संयुक्त पत्रकार सम्मेलनमा इन्जिनियरिङको स्नातक तहमा नियमिततर्फ शुल्क ३५ हजारबाट बढाएर ८२ हजार र पूर्ण शुल्कतर्फ ३ लाख ३० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्याएकोप्रति संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएका छन् ।

पत्रकार सम्मेलनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन (अनेरास्ववियु क्रान्तिकारी) का अध्यक्ष पन्चा सिंहले वार्ताको नाटक मन्चन गरेर भ्रममा नपार्न चेतावनी दिइन् । उनले विभिन्न कलेजहरुमा भइरहेको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको समेत जनाइन् ।

“वार्ताको नाटक मन्चन गरेर आन्दोलन तुहाउने दुष्प्रयत्न गरिन्छ भने यो वार्ता खारेज गरिन्छ र चारवटा विद्यार्थी संगठनको तर्फबाट निशर्त ढंगले त्यो शुल्कवृद्धि खारेज नगरेसम्म हामी वार्ताको प्रक्रियामा नजाने कुरा पनि म यो पत्रकार सम्मेलनमार्फत जानकारी गराउन चाहान्छु” अध्यक्ष सिंहले भनिन् ।

नेकपा (एस) निकट अनेराश्ववियुका अध्यक्ष सुदेश पराजुलीले आफ्नै पार्टीहरु सत्ताको नेतृत्वमा रहेपनि गलत विषयमा खरो उत्रने बताए । शुल्कवृद्धि तत्काल खारेज नभए आइओई प्रमुखलाई गलत्याएर सडकमा ल्याउने चेतावनी दिए ।

जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियन नेपालका अध्यक्ष रमेश यादबले संविधानले शिक्षा निशुल्क भनेपनि शैक्षिक माफियाको अगाडि सबै निरिह हुनु दूर्भाग्य भएको बताए ।

नेकपा (विप्लव) निकट अखिल (क्रान्तिकारी)का उपाध्यक्ष नरेन्द्र विश्वकर्माले दलाल र माफियाहरुको चंगुलमा रहेको नेपाली शिक्षा क्षेत्रलाई नागरिकको पहुँचमा पुर्याउन जुनसुकै हदमा जाना तयार रहेको धारणा राखे ।

“नेपालको इन्जिनियरिङ शिक्षाको केन्द्रको रुपमा परिचित र आधारभुत रुपमा जनताको पहुँचमा रहेको इन्जिनियरिङ्ग अध्ययन संस्थानले आंगिक क्याम्पसहरुमा दोब्बरभन्दा बढी शुल्क अकस्मात बढाउनुले आर्थिक रुपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई इन्जिनियरिङ्ग शिक्षाबाट बञ्चित गराउने निश्चित छ । इन्जिनियरिङ अध्ययन संस्थानको यो रबैयाको हामी घोर भत्र्सना गर्दछौं” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal