आज :

कोशीका मुख्यमन्त्रीलाई अफ्ठेरोमा पार्नेगरी किन हिंडिन् उपसभामुख काठमाडौं ?

  • अनलाइन डबली

विराटनगर । कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार काठमाडौं हिंडेपछि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची अलपत्र परेको छ । थापाले आज (सोमबार) विश्वासको मत लिने कार्यसूची तय भएपछि पार्टी निर्देशनमा उपसभामुख दनुवार काठमाडौं हिंडेकी हुन् । एमालेबाट निर्वाचित उपसभामुख दनुवार बिहान एती एयरलाइन्सको पहिलो उडानबाट काठमाडौं हिंडेको जनाइएको छ । सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका थापाको पक्षमा बहुमत ४७ प्रदेशसभा सदस्यको मात्र समर्थन रहेको छ ।

प्रदेशसभा सञ्चालनका लागि सभामुख र उपसभामुखलाई सहयोग गर्न चार सदस्यीय अध्यक्ष मण्डल छ । अध्यक्ष मण्डलका जेष्ठ सदस्य एमाले प्रदेशसभा सदस्य मालती सुब्बा छिन् । उनले अब केही दिन बैठकमा उपस्थित हुन नसक्ने निवेदन दिएकी छन् भने उनी पछिको ज्येष्ठ सदस्य राप्रपाका अम्बरबहादुर विष्टले पनि अनुपस्थित हुने जानकारी सचिवालयलाई गराएका छन् ।

त्यसपछि अध्यक्ष मण्डलमा कांग्रेसका इस्राइल मन्सुरी र माओवादी केन्द्रकी गीता तिम्सिना सदस्य छन् । उनीहरु मध्य एकले बैठकको अध्यक्षता गरे मुख्यमन्त्रीको पक्षमा बहुमत पुग्दैन । त्यसलाई मध्यनजर गर्दै एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना ज्येष्ठ सदस्यहरूलाई अनुपस्थित हुन निर्देशन दिएका छन् । दलको निर्देशन एमाले र राप्रपाकाकेही सांसदले बिदा लिएका छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ ।

मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा रहेको सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसदको समर्थन छ । विपक्षमा एमालेका उपसभामुख बाहेक ३९ र राप्रपाको ६ जना सांसद छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal