आज :

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन : दलहरु आआफ्नै अडानमा

  • अनलाइन डबली

काठमाडौं । प्रनिनिधि सभाको बैठक नियमीत गर्ने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकबीचको बैठक निष्र्कषविहीन भएको छ। बैठकपछि, सभामुख घिमिरेले, आफूले चाँडै दलबीच सहमति खोजेर संसद खुलाउने बाटोमा लाग्न आफूले आग्रह गरेको जानकारी दिए ।
उनले आफुले संसद खुलाउन आवश्यक पहल गरिरहेको तर दलहरु जिम्मेवार नभए सम्म समस्या समाधान नहुने बताए । लामो समयदेखि अवरुद्ध बैठक खुलाउन सभामुखले बोलाएको बैठकमा प्रमुख दलका सांसदहरु संसद खोल्ने विषयमा आफ्नो अडानबाट टसमस नभएका हुन् ।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक र प्रमुख सचेतक सहभागी थिए । आज दिउसो एक बजेका लागि बोलाइएको बैठक साढेँ १ बजेसम्म सुरु भएको छैन । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal