आज :

पुरानो पुस्तालाई उन्नती र विकासको बाधक देख्नु गलतः नेता कार्की

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादीका नेता राम कार्कीले नयाँ पुस्ताले देशको विग्रदो अर्थतन्त्र र अनेक समस्यालाई ध्यान दिनुभन्दा पुरानो पुस्ताका शीर्ष तहमा बसेका नेतालाई देश विकास र उन्नतिको बाधकको रुपमा लिएको भन्दै गुनासो गरेका छन् ।

शनिवार कांग्रेस नेता प्रदीप गिरिको प्रथम स्मृति दिवस पारेर काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा नेता कार्कीले युवा पुस्तामा राजनीतिक दलका शीर्ष नेताहरु नेपालको उन्नतिको बाधक हुन भन्ने परेको बताए ।

कार्कीले भने, “अहिलेका युवाहरुले बाधा भनेको अर्थतन्त्र र कुनै चिजलाई देखेका छैनन् । नयाँ पिँढीले बाधा भनेको हामीलाई मात्रै देखेका छन् । विभिन्न पार्टीको शीर्ष तहमा बसेका नेतानै नेपालको विकास र उन्नतिको बाधा हुन भन्ने नेपालका युवाहरुलाई परेको छ ।”

तत्कालीन समयमा माओवादी र अन्य राजनीतिक पार्टीलाई विचारका माध्यमबाट नजिक ल्याउन गिरिले भूमिका खेलेको बताएका कार्कीले स्वर्गीय नेता गिरिको विचारले नै युवा पुस्तालाई जोड्न सक्ने धारणा राखे ।

उनले पार्टीले निर्वाचनमा गरेको आदेश युवा कार्यकर्ताले नमानेको स्मरण गर्दै भने, ‘हाम्रो हुकुम चलेन । चितवन र काठमाडौंमै पार्टीहरुले गर्ने जो फर्मान हो चलेन । अब पार्टीको आदेशको उल्लंघनको अन्त पनि हुन थाल्छ ।त्यसैले वास्तविक अर्थमा नयाँ युवा पिँढीलाई विचारहरुसँग जोड्न र आफ्ना चुनौतीहरुको सामना गर्न सक्ने गरि सक्षम बनाउँनको निम्ति प्रदीप गिरिको सान्दर्भिकता छ ।’

त्यस्तै उनले स्वर्गीय नेता गिरिले जीवनको अन्तिम समयमा केको लागि प्रयास गरिरहेका थिए,त्यसलाई बुझ्न गिरिको विचारलाई रिभिजिट गर्न आवश्यक रहेको बताए । नेता कार्कीले गिरिको विचारलाई पुनः अध्ययन गर्नुपर्ने तथा गिरिले भगिरथ गरेको प्रयासलाई बुझेर युवालाई जोड्न सकेमात्र उनीप्रति सच्चा न्याय हुने उल्लेख गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal