
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड रामेछापको दोरम्बा पुगेका छन् । दोरम्बा हत्याकाण्डको २० औं स्मृतिमा आयोजित अबसरमा नेकपा रामेछापले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले दोरम्बा हत्याकाण्डका सहिद परिवारलाई सम्मान गरेका हुन् ।
तत्कालिन नेकपा (माओवादी) र सरकारबीच युद्धविराम भएर वार्ता चलिरहेको बेला शाही नेपाली सेनाले २०६० साल साउन ३२ गते २१ जना माओवादी कार्यकर्ताको हत्या गरेको थियो ।
माओवादीले रामेछापको दोरम्बा शैलुङ गाउँपालिका आयोजना गरेको दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रदाञ्जली सभा कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री विहीबार विहान त्यसतर्फ लागेका थिए ।