आज :

मन्त्री किरातीको नजर एयरपोर्ट वरिपरी बनाइएका अग्ला संरचनातिर, थापालाई तीन दिने स्पष्टिकरण

  • अनलाइन डबली

काठमाडौं । संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरिपरिका अग्ला संरचनाबारे चाँसो देखाएका छन् । अनुमति नलिइ बनेका संरचनाबारे नागरिक उड्डयान प्राधिकरणले जानकारी संकलन गर्न सुरु गरेको छ ।

मन्त्री किरातीको निर्देशनमा प्राधिकरणले सम्बन्धित भवनका मालिकलाई पत्राचार गर्न थालेको छ । बुधवार प्राधिकरणले अन्नपूर्ण नेटवर्क रहेको कर्पोरेट टावरका मालिक रामेश्वर थापालाई स्पष्टिकरण सोधेको छ ।

विमानस्थल आसपास कुनै पनि भौतिक संरचना निर्माण गर्नुअघि प्राधिकरणको स्वीकृति लिएको हुनुपर्ने कानुनी प्रावधान भएपनि थापालगायतले मनपरी अग्ला संरचना निर्माण गरेका छन् ।

प्राधिकरणले थापालाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

प्राधिकरणको स्पष्टिकरणमा भनिएको छ, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन हुने सम्पूर्ण उडान अवतरणहरूलाई सुरक्षित बनाउन विमानस्थल आसपास कुनै पनि भौतिक संरचना निर्माण गर्नुअघि यस प्राधिकरणको स्वीकृति लिएको हुनुपर्ने प्रावधान रहेको हुँदा तहाँ नेटवर्कले भवन निर्माण गर्नुपूर्व यस प्राधिकरणबाट स्वीकृति लिएको नदेखिएकोले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को (घ) बमोजिम कारवाही किन नगर्ने ? ३ (तीन) दिनभित्र यस प्राधिकरणमा पेस गर्नुहुन निर्णयानुसार अनुरोध छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal