
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का युवा नेता अमनलाल मोदी ६ महिनामै मन्त्रीबाट फिर्ता बोलाइए । मोदीका कार्यसम्पादनमा कमी भएर होइन जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मोदीलाई फिर्ता बोलाइएको हो ।
मोदीले राजनीतिक जीवनमा पहिलो पटक ६ महिना संघीय मामिला तथा सामान्य प्रशासनको जिम्मेवारी समालेका थिए । मोदीले मन्त्रालयको जिम्मेवारी समालेसँगै नीतिगत कमसँगै जनतालाई सेवा प्रवाहलाई सहज बनाउनेतिर ध्यान दिए ।
मोदीले सरोकारवालाहरुसँग छलफल गरेर संघीय निजामति एेनलाई अगाडि बढाए । सिंहरदरबारदेखि गाउँसम्म कर्मचारीतन्त्रमा मौलाइरहेको खराब प्रवृतिविरुद्ध मोदीले युद्ध नै छेडेका थिए । दुई वर्षभन्दा बढी एउटै कार्यालयमा बसेका कर्मचारीलाई सरुवादेखि सिंहदरबारका कर्मचारीलाई दुर्गममा पठाए भने दुर्गममा बसेकालाई सुगममा ।
मन्त्री मोदीले सार्वजनिक सूचना जारी गरेरै लामो समयदेखि दुर्गममा बसेका कर्मचारीलाई सुगममा सरुवाको लागि फारम भर्न भने । यो अहिलेसम्मका मन्त्रीले नगरेकै काम हो । एक कर्मचारीका अनुसार आफ्नो नजिककालाई सुगम वा राम्रो भनिएको ठाउँमा तान्ने चलनको मोदीले तोडेका थिए ।
मन्त्री मोदीले सहसचिवको नेतृत्वमा कार्यदल नै बनाएर आह्वान गर्दा साढे चार सय जनाले दुर्गमबाट सुगममा जान निवेदन दिएका थिए । उनीहरुको पदस्थापनाको तयारी भइरहँदा मोदीले बाहिरिनु परेको छ ।
त्यसैगरी सबै पालिकालाई निमित्तमुक्त बनाउने मोदीले अभियानात्मक रुपमा काम गरे । मन्त्रीले सचिवको हाजिरीमा राताे लगाउनेसम्मको हिम्मत गरेका थिए । अर्थबाट सामान्यमा पुगेका सचिव कृष्णहरि पुष्करले पनि मन्त्रीको काममा असहयोग गरे । उनी लामो समय बिदा समेत बसे ।
घरबाट अन्य पार्टीका नेता र कर्मचारीसँग मन्त्रीलाई गाली दिने गर्थे । मन्त्रीले सुब्बादेखि उपसचिवसम्मको सरुवामा चासो राखेपछि सचिव पुष्करले असहयोग गर्न सुरु गरे ।
मन्त्री मोदीले शक्तिको आँडमा रमना नबुझ्ने र हारिज नहुने कर्मचारीलाई बल प्रयोगसमेत गरे । शक्तिको आडमा आफूले रोजेको ठाउँमा पुगिन्छ भन्ने मानसिकताविरुद्धको मोदीको अभियान निष्कर्षमा पुग्न सकेन नै ।
त्यसैगरी मोदीले कर्मचारीका गुनासो ‘वान टु वान’ सुनेर समस्या समाधान गर्थे । उनले सरुवा भएर जाने कर्मचारीलाई हाजिर हुन नदिने पालिकाको खाता रोक्का गर्नेसम्मको कदम उठाएका थिए ।
लामो समयदेखि सिंहरबारमा अड्डा जमाएर बसेका ४० भन्दा बढी उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेपछि भूइँचालो नै गएको थियो । गृहबाट उपत्यका बाहिर पठाइएका कर्मचारीहरु सरुवा रोक्न विभिन्न माध्यबाट कुरा लगाए तर मन्त्री मोदीसँग भनेको ठाउँमा जानुको अर्को विकल्प नभएको जवाफ दिएका थिए ।