काठमाडौं । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले सरकारले युवाको लागि तय गरेको नीति तथा विभिन्न कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न नसक्नुको प्रमुख कारण सरकारले यो क्षेत्रमा छुट्याएको अति न्यून बजेटलाई देखाएका छन् । उनले हाल राज्यमा भएको उर्जावान, दक्ष युवा जनशक्तिलाई विदेश पलायनबाट रोकेर तीनै तहका सरकारले समन्वयात्कमक रुपमा युवा लक्षित विशेष कार्यक्रम ल्याई उनीहरुलाई सम्बोधन गर्न ढिला गर्न नहुने बताएका छन् । २४ औँ अन्र्तराष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर आज हामीले राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतसँग कुराकानी गरेका छौ ।
१) विश्व युवा दिवसको तयारी के कस्तो गर्नु भएको छ ?
हामी २४ औं अन्तराष्ट्रिय युवा दिवसको भव्य तयारी गरिरहेका छौ । नेपालमा पनि २००४ देखि खासगरि गैर सरकारी क्षेत्रबाट यो दिवस मनाउँन सुरु गरियो । अगष्ट १२ अर्थात् साउन २७ गते प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको प्रमुख आतिथ्यतामा राष्ट्रिय सभा गृहमा मूल समारोह आयोजना गर्ने छौ । त्यसै गरि युवाका क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाहरुसँग सम्बन्धीत युवाहरुको सहभागितामा ‘दिगो विकास लक्ष्य प्राप्तीमा युवाको साथ,नवप्रवद्र्धन र उद्यामशिलतामा सिप विकास’ भन्ने नाराका साथ मार्चपास गर्छौ । हामीले साथाव्यापी रुपमा रक्तदान कार्यक्रम, युवा र उद्यामशिलताको विषयमा बहस लगायतका विभिन्न कार्यक्रमको आयोजनागरी सप्ताव्यापी रुपमा विभिन्न कार्यक्रमका आयोजना गरेका छौं र यो दिवसलाई भव्य रुपमा मनाउँदै छौ ।
२) जस्तो तपाईले पृष्ठभूमिको कुरा गर्नुभयो,सन् २००० मा युवा मन्त्रीहरुको सक्रियतामा आवाज उठाएर यो दिवस मनाउँन सुरु गरिएको छ । यो विगतको र आजको सन्दर्भमा हेर्दा अहिलेका युवा र उनीहरुको लागि गरिएको कामलाई लिएर तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ ?
सन् १९९९ सयमा विश्वभरिका युवा मामिला हेर्ने मन्त्रीहरुको शिखर सम्मेलनले अगष्ट १२ लाई अन्र्तराष्ट्रिय युवा दिवसको रुपमा मनाउँन सिफारिस गर्यो र उक्त सिफारिसलाई संयुक्त राष्ट्र संघले अनुमोदन गरेपश्चात सन् २००० बाट अगष्ट १२ लाई अन्र्तराष्ट्रिय युवा दिवसको रुपमा मनाइँदै आइयो । नेपालमा अब युवाहरुको जागरण, सशक्त, क्षमता विकास, नेतृत्व विकास, उद्यामशिलताको विकासको लागि यो छुट्टै युवा मन्त्रालय चाहिन्छ भन्ने आवाज त्यहीबाट उठ्न थाल्यो । त्यो सँगै वि.स २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालयको स्थापना भयो र २०६६ सालमा राष्ट्रिय युवा नीतिको प्रारम्भिक ड्राफ्ट बन्यो । त्यसपछि २०७२ सालमा आईपुग्दा राष्ट्रिय युवा परिषद् ऐन २०७२ जारी भयो । त्यो परिमार्जित ऐनल १६ देखि ४० वर्षको उमेर समूहको जनसंख्यालाई हाम्रो देशमा युवाको रुपमा परिभाषित गरेको छ ।
२०७८ सालको जनगणना अनुसार यस्तो जनसंख्या ४२. ५६ प्रतिशत अर्थात् अहिले १ करोड २४ लाख युवाहरु नेपालमा हुनुहुन्छ । यति ठूलो उर्जावान युवाहरु हुनुलाई जनसांख्यिकीय लाभको रुपमा लिइएको छ ।
त्यो जनशक्तिको लाभ लिनको लागि ति युवाहरुलाई स्वदेशभित्रै भाग्य, भविष्य, आशा र भरोसा देखाउँनको लागि नेपाल सरकारले, युवा तथा खेलकुद मन्त्रालयले, राष्ट्रिय युवा परिषद् र युवाको क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवाला संस्थाहरुले एकिकृत रुपमा देशभित्रै युवाहरुलाई उद्यामशिलताको क्षेत्रमा,नवप्रवद्र्धनको क्षेत्रमा अग्रसर गराउनको लागि विभिन्न प्रयास र पहल कदमीहरु गर्दै आएका छौ । र यो अन्र्तराष्ट्रिय युवा दिवसको सप्तालाई हामीले युवा जागरणको, सशक्तिकरणको, नेतृत्व विकासको, आत्मनिर्भर बनाउँने सप्ताहको रुपमा मनाउँने गरेका छौ ।
३) तपाई युवा अवस्थादेखि नै राजनीतिसँग एकदमै धेरै नजिक रहेर युवाहरुसँग हरेक क्षेत्रमा जोडिएर आजको अवस्थामा आईपुग्नु भएको छ । तर, आजका युवाहरु विदेश पलायन हुने संकेत गर्नुभयो, राजनीतिक क्षेत्रमा केही हदसम्म युवाहरुको प्रवेश भएपनि देशमा युवाले प्राथमिकता नपाएको अवस्थामा तपाइँहरुलाई चुनौती छ जस्तो लाग्दैन् ?
अवश्य पनि नेपालमा पछिल्लो तथ्याङ्क हेर्दा ६ लाखभन्दा बढि मानिसहरु गएको आर्थिक वर्षमा विदेशीनु भएको छ । अनौपचारिक हिसाबले त झनै ५० देखि ६० लाख युवाहरु विभिन्न देशमा कामको शिलशिलामा रहेको पाइन्छ । देश भित्रै युवाहरुलाई राख्ने, देशभित्रै रोजगारी दिने परिस्थिति निमार्ण हुन सकेको छैन् । राजनीतिमा पनि युवा वितृष्णा उत्तिकै छ । पछिल्लो चरणको स्थानिय तहको निर्वाचन हाम्रो लागि सन्तोषजनक विषय छ । किनभने ४० वर्षमुनिका ४१.१४ प्रतिशत जनप्रतिनिधिहरु स्थानिय तहमा निर्वाचित हुनु भएको छ । यो पक्कै सकारात्मक कुरा हो । तर, त्यसको तुलनामा प्रतिनिधि सभामा जम्म ३३ जना मात्र सदस्यहरु हुनुहुन्छ । त्यो जम्मा १२ प्रतिशत मात्रै हो । प्रदेश सभामा ११० जना प्रदेश सांसदहरु निर्वाचित हुनुभएको छ । यो २० प्रतिशत हो । यसैले देशमा युवा जनसंख्याको जति प्रतिशत उपस्थिति छ त्यती नै प्रतिशत युवाहरु राज्यका हरेक निकाय, संवैधानिक अंग, राजनीतिक दलहरुमा पनि समाष्टि हुनुपर्छ । भन्ने आवाज हामीले निरन्तर उठाउँदै आएका छौ ।
पहिलो कुरा राजनीतिमा पनि युवाहरुलाई उचित मात्रामा स्थान नदिदाँ वितृष्णा बढेको र युवाहरुले स्थान नपाएपछि अनेत्र जाने गरेको पनि हामी देख्छौ । त्यसैले नीति निर्माण तहदेखि कार्यान्वयनको तहसम्म युवाहरुको सहभागितालाई अधिक्तम रुपले बढुवा दिनु जरुरी छ ।
दोस्रो कुरा विदेशमा ठूलो जनशक्ति गएको छ, त्यहाँबाट सिकेको ज्ञान, सिप, कला, क्षमता र आर्जन गरेको थोरै पूजीलाई मुलुकभित्र लगानी गरेर एउटा उद्यामशिलताको नयाँ मार्गमा राष्ट्रव्यापी रुपमा युवाहरुलाई परिचालित गर्न राज्य, सरकार र हामी जस्ता निकायहरुले पहल कदमी गर्नुपर्छ । यस वर्षलाई युवा उद्यामशिलताको वर्षको रुपमा सरकारले घोषणा गरेको छ । यो पक्कै सकारात्मक कुरा छ र त्यसलाई नतिजामुखी बनाउँनुपर्छ । युवाहरुलाई अध्ययन सकिसकेपछि नेपालमा नै सम्भावना देखाउँन, भविष्य देखाउँन अब ढिला गर्नु हुदैँन् ।
२ दशकपछि नेपाल आश्रितहरुको बहुसंख्या भएको देश हुनेछ र हामीलाई जानसांख्कि लाभ गुमाउँने छौ । त्यो हुनुभन्दा अगाडि नै राज्यले, सरकारले, योजना आयोगले, अर्थमन्त्रालयले र सबै सम्बन्धीत निकायहरुले युवाहरुलाई उद्यामशिलतामा जोड्नका लागि विशेष योजनाका साथ अगाडि बढ्नुपर्छ । संघीय सरकार, प्रदेश सरकार र स्थानिय तहले समन्वयात्मक ढङ्गले आम रुपमा युवाहरुलाई राष्ट्रव्यापी अभियानका साथ उद्यामशिलतामा जोड्नु पर्छ,यो आजको आवश्यकता हो ।
४) तपाई जिम्मेवार पदमा हुनुहुन्छ । तपाईले भनेका कुरा कार्यन्वयनका लागि कहाँ साँच्चीकै समस्या छ भन्ने देखीन्छ ? राज्यले युवाहरुबाट किन लाभ लिन सकेन ?
यूवाको महत्व आवश्यकता पछिल्लो समयमा क्रमश जिम्मेवार निकायले अनुभूत गर्दै गएको पाउँछौ ।युवा नीति बनेको छ । युवा परिषद् ऐन बनेको छ । यूथ भिजन २०२५ बनेको छ । स्टार्टअपको कार्यविधि उद्योग मन्त्रालयले जारी गरेको छ । श्रम रोजगार मन्त्रालयले युवा शसक्तीकरणको लागि बिभिन्न कार्यक्रम ल्याएको छ । कृर्षि मन्त्रालयले युवाहरुलाई जोड दिएर कुनै कुनै रुपमा कार्यक्रम ल्याएकै छ ।
अझै यूवाहरुको अपेक्षाको तुलनामा राज्यको वा सरकारको वा हामी जस्ता निकायको पहल कदमी अझै सन्तुष्ट हुने गरी पुग्न सकेको छैन् । विगतमा त्यति धेरै ध्यान पनि पुगेन तर अब पछिल्लो चरणमा आईपुग्दा यूवाको तागत र महत्व के हो ?रेमिटेन्सले मात्र जिजिविसा धान्ने कुरा होला निर्वाहमुखी अर्थतन्त्र चल्ला तर मूलुकले समृद्धि हाँसील गर्न सक्र्दैन् । त्यसैले देशभित्र नै ब्रेन गेन गरेर यूवाहरुमा भएको तागत, क्षमतत र दक्षतालाई मूलुक भित्र नै सदुपयोग गरेर जनसांख्किीक लाभान्स खाडी मूलुकले हैन आफैंले देशभित्र उठाउनु पर्छ । उत्तर र दक्षिणमा रहेको विशाल बजारमा हामीले कृर्षि,पर्यटन,उद्यम मार्फत हाम्रो युवालाई त्यो बिशाल बजारसँग जोडेर उत्पादनलाई निर्यात गर्न सक्यौं भने विकास र समृद्धिको खिर खान हामी नेपालीलाई समय लाग्र्दैन । यसको लागि अठोट र सङकल्प चाहिन्छ । राज्यले सहि र ठोस् नीति बनाउँनुपर्छ । त्यसको प्रभावकारी कार्यन्वयन र नतिजा हासिल गर्ने कुरामा हामी सबै दृढतापूर्वक रुपमा युवालाई मूल विन्दुमा राखेर काम गर्नुपर्छ ।
५) भिजन सबै राम्रौ देखिन्छ तर, युवा नीति तथा कार्यक्रमको कार्यन्वयनमा फितलोपन र नीति कार्यान्वयनमा के कारणल चुक्यौं त हामी ?
हाम्रो केहि नीति र संरचनाहरु बनेका छन् । युवाको क्षेत्रमा यो पक्कै राम्रो हो । तर,बनेका नीति कार्यक्रमको कार्यन्वयन चरणमा पुग्दा नतिजाको खोजी हुँदा सन्तोषजनक परिणाम नआउनुमा बजेटको अभाव हुनु नै मुख्य समस्याको श्रपमा देखिएको छ । नीति छ तर त्यसलाई दृढतापूर्वक कार्यन्वयन गर्ने र नतिजा हासिल गर्ने प्रयाप्त बजेट छैन सबैभन्दा ठूलो चुनौती यहि हो । प्रयाप्तताको कुरा छोडौं । अत्यन्तै न्यून बजेट मात्र छ,जसले लक्षित समुदायमा पुग्ने अवस्था रहँदैन् । स्वरोजगार बनाउन चाहिने तयारीको पाटो त्यसले पुग्दैन । त्यसैले नीति छ कानून छ तर कार्यन्वयन गर्ने प्रभावकारी संयन्त्र र बजेट छैन् । प्रधानमन्त्रीले पनि यूवालाई उद्यमशीलतामा जोड्न प्राथमिकताकासाथ पूर्ण जोड दिनुभएको छ । यो वर्षलाई युवा उद्यमशीलताको वर्षका रुपमा सरकारले घोषणा गरेको छ । ठोस कदम सहित सरकारको तर्फबाट सबै सस्थाहरु र नीजि क्षेत्र गैरसरकारी क्षेत्र सबैले एकिकृत भएर लाग्नुपर्छ ।
६) हरेक वर्ष यो दिवस मनाउँछौं यूवाहरुमा यो दिवसको महत्व बुझेर भोलीबाट यूवाहरुमै परिवर्तन आउँनेगरी कसले के गर्नुपर्ला ?
अन्र्तराष्ट्रिय यूवा दिवस मनाउँने सन्दर्भ भनेको यूवाहरुले आफूलाई चिन्ने कुरा पनि हो । राज्यले वा सरकारले यूवालाई चिनोस् भनेर घच्घच्याउने पनि हो । यूवाका समस्याहरु के छन्, चाहाना र आवश्यकता के छन् बुझ्ने पनि हो । समस्या पहिचान भएपछि समाधानको उपाए र मार्ग के हो नीति र कानूनको क्षेत्रमा बाटो पहिल्याउने पनि हो । त्यती भएपछि समस्या समाधान हुन्छ युवा नै देशका मेरुदण्ड हुन् सारथी हुन् । यूवाले नै देशलाई काँधमा बोक्न सक्छन् । मूलुकको काँचुलि फेर्न सक्छन् । त्यो हिसाबले प्रवद्र्धन गर्न जरुरी छ । देशलाई विकास गर्न यूवाहरु जुट्नुपर्छ र त्यहि युवाहरुलाई केन्द्रमा राखेर काम गर्नुपर्छ ।