आज :

मानव अधिकार महाभेला मंसिर २२ देखि २८ सम्म, १२५ संस्था सहभागी हुने

  • अनलाइन डबली

काठमाडौं । मानव अधिकारको लागि महिला, एकल महिला समूहको संयोजनमा आगामी १७ औं मानव अधिकार राष्ट्रिय महाभेला तथा ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०८२ मनाइने भएको छ ।

महाभेला मंसिर २२ देखि २८ गतेसम्म राष्ट्रिय मानव अधिकार आयोगको सभाहलसहित विभिन्न स्थानमा सञ्चालन हुने भएको हो ।

नेपालमा पछिल्ला वर्षहरूमा मानव अधिकारको अवस्था कमजोर बन्दै गएको, द्वन्द्व, हिंसा र आतङ्कका घटनामा वृद्धि भएको तथा संविधानले सुनिश्चित गरेका अधिकारहरू समेत पटक–पटक उल्लङ्घन भइरहेका परिप्रेक्ष्यमा यो महाभेला आयोजना गर्न लागिएको आयोेजक संस्थाले जनाएको छ ।

युवा आन्दोलनपछिको राजनीतिक संक्रमण, राजनीतिक दलहरू, आन्दोलनकारी युवाहरू र अन्य समूहबीच कायम असमझदारीका कारण मानव अधिकार उल्लङ्घन बढ्ने जोखिम देखिएको भन्दै संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याई सबै नागरिकका अधिकार सुनिश्चित गर्न आवश्यक रहेको डब्लुएचआरलेले उल्लेख गरेको छ ।

यस वर्षको महाभेला ‘मानव अधिकारको सम्मान, सुशासनको सुनिश्चितता, न्यायपूर्ण समुन्नत नेपाल’ मूल नाराका साथ सञ्चालन हुनेछ । राष्ट्रिय मानव अधिकार आयोग, गैरसरकारी महासंघलगायत १२५ मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रका संस्था सहभागी हुने महाभेलामा देशभरबाट एक हजार भन्दा धेरै प्रतिनिधि उपस्थित हुने अपेक्षा गरिएको छ ।

महाभेलाको प्रमुख आतिथ्यता गृह मन्त्रालयका गृहमन्त्री ओमप्रकाश अर्याल रहने छन् । मुख्य संयोजक तथा एजिन नेपाल र युनिफिकेशन नेपाल सह–संयोजकका रूपमा रहँदै कार्यक्रम व्यवस्थापनमा जुटिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal