आज :

राष्ट्रपतिले सभामुख र राष्ट्रियसभा अध्यक्षलाई बोलाएर भने- लामो समय संसद नसक्दा जनतामा नैराश्यता बढ्छ

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय संसदका नेतृत्वलाई बोलाएर लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने बताएका छन् ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई शुक्रबार शीतलनिवासमा बोलाएर संसद खुलाउनेबारे छलफलको क्रममा सो कुरा बताएका हुन् । राष्ट्रपति दुबै संसद खुलाउन समेत आग्रह गरेका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार छलफलका क्रममा संसद्को गतिरोधप्रति राष्ट्रपतिले चासो राख्दै लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र कानून निर्माणमासमेत बाधा पुग्ने भन्दै गतिरोध हटाउन आग्रह गरेका थिए ।

राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसदमा रहेका सबै दलहरूलाई विश्वासमा लिएर संसद खुलाउनका लागि आवश्यक पहल गर्न पनि सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनाको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal