काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्न लागेको हो।
प्रमुख सचेतक रमेश लेखकले अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयक, नयाँ विधेयकका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको बताए । सांसद सुनील शर्मा पक्राउ परेको भोलि पल्ट बस्न लागेको बैठकले त्यसबारे पनि धारणा बनाउने नेताहरुले बताएका छन् ।
बैठकमा संसदमा कांग्रेसको भूमिका र जनजीविकाका मुद्दासँगै डेङ्गु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार, पशुलम्कीस्किन रोग नियन्त्रणबारेमा सरकारको ध्यानाकर्षण गराइने बताइएको छ ।