
काठमाडौं । नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास घेराऊ गर्दैछन् । हालै नेविसंघले मनोनीत केन्द्रीय सदस्यहरूमा आफूहरुलाई अन्यय परेको र सक्रिय कार्यकर्ता नपरेपछि असन्तुष्ट समूहले विरोधका कार्यक्रम गर्दै आएको छ ।
यसअघि पार्टी केन्द्रीय कार्यालय घेराउ गर्न नाराबाजीसहित सानेपा पुगेका नेता कार्यकर्तालाई प्रवेश गर्न दिइएको थिएन । कार्यालय प्रवेश गर्न नदिएपछि उनीहरुले सभापति देउवाकै निवास घेराउ गर्न लागेका हुन् ।
नेविसंघका असन्तुष्ट समूहका विद्यार्थी नेता योगेन्द्र रावलले पार्टी कार्यालय प्रवेश गर्न नदिएपछि आफूहरु सभापतिको निवास घेराउ गर्न बाध्य भएको बताए ।
असन्तुष्ट समूहले आफ्ना माग पूरा नभएसम्म विरोध जारी राख्ने चेतावनी समेत दिएको छ ।