आज :

सर्वोच्च अदालतले दानबहादुर कार्कीको रिट गर्यो, सुनुवाई कहिले ?

  • अनलाइन डबली

काठमाडौं । सर्वोच्च अदालतले दानबहादुर कार्कीको रिट दर्ता गरेको छ । कार्कीले विहीबार आफूलाई गैरकानूनीरूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित सर्वोच्चमा पेश गरेका थिए ।

कार्कीले कानुन व्यवसायीमार्फत विहीबार रिट दर्ता गर्न लगाएपनि दर्ता भएको थिएन । विहीबार अध्ययन गरेर नसकिएकाले बताउँदै सर्वोच्च प्रशासनले रिट शुक्रबार दर्ता भएको जनाएको छ ।

निवेदन दर्ता भएको भोलिपल्ट सुनुवाइको लागि पेशी तोक्ने चलन अनुसार विहीबार रिट दर्ता भएको भए आज सुनुवाई सुरु हुन सक्थ्यो । तर, भोलिबाट लगातार बिदा भएकोले कहिलेबाट सुनुवाई हुन्छ भन्ने सर्वोच्चले जानकारी दिएको छैन ।

अब तिहार विदापछि सुनुवाई सुरु हुन सक्ने बताइएको छ ।

विचौलिया इनम सापकोटासँग प्रधानमन्त्री निकट व्यक्तिहरुको कनेक्सनको सुचना बाहिरिएपछि सरकारले प्रहरी महानिरीक्षक कार्कीलाई हटाएर मनोज केसीलाई जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal