आज :

गृहमन्त्रीको प्रश्नः सरकारसँग विश्वास छैन् भनेर समानान्तर अर्को मन्त्रिपरिषद् बनाउने ?

  • अनलाइन डबली

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले, सरकारसंग विश्वास लागेन भनेर समानान्तर मन्त्रीपरिषद् बनाउँ भन्न नमिल्ने तर्क गरेका छन् ।

मंगलबार सुन प्रकरणबारे प्रतिपक्षीको माग अनुसार संसदमा जवाफ दिदैँ, उनले भने सरकार र सरकारी संयन्त्रलाई विश्वासै नगर्ने भन्ने कुराले कहिँ नपुग्ने तर्क गरे ।

‘सरकारले कानून लागू गर्छ । अब संसदलाई विश्वास भएन भनेर यो सरकारले के कानून लागू अर्को मन्त्रीपरिषद् समानान्तर बनाई दिउ भन्न मिल्छ ?’ उनले भने

त्यस्तै सुन प्रकरणमा राज्यका अंगलाई विश्वास गर्न उनको सांसदहरुलाई आग्रह छ ।

‘राज्यको जुन निकायले अनुसन्धान गर्छ र अभियोजन गर्ने त्यसैलाई दिदाँ राम्रो होइन् र ? दुर्नियत देखा प¥र्यो अपराधि लुकाउने भने त्यसपछि ल नयाँ शिराबाट अगाडि जाउँ भन्दा राम्रो होइन् र ? उनले भने ‘म सबै मित्रहरुलाई यो अनुरोध गर्न चाहान्छु । सरकार मुख्य रुपमा लाग्छ । सकरात्मक वातावरण बनाउँ । कसैलाई छुट निदिनेतर्फ जाँऔं । ’

गृहमन्त्री श्रेष्ठले माओवादी वा कुनै पार्टी होस् अनुसन्धानले तथ्य प्रमाणले दोषी देखाए कुनै तथ्यले देखाए नछोड्ने बताए । उनले अनुसन्धानले नदेखाउँदा प्रश्नहरु उठ्न सक्छन्, तर अनुसन्धानमा तथ्य प्रमाणले दोषी ठहर भए उम्किन नदिने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal