आज :

स्वास्थ्यमा ५ लाख पर्ने सामाग्री सेटिङ गरेर १८ लाखमा खरिद गरिन्छः गुरुराज घिमिरे

  • अनलाइन डबली

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले स्वास्थ्य क्षेत्रमा पाँच लाख पर्ने सामाग्री सेटिङ गरेर १८ लाखमा खरिद गर्ने गरेको बताए । संवाद डबलीको स्वास्थ्य संवाद कार्यक्रममा बोल्दै घिमिरेले भने, “पाँच लाख पर्ने सामाग्रीमा १८ लाखमा सेटिङ गरेर खरिद गरिन्छ । कमिसनको चक्करमा यस्तो भइरहँदा सरकारको ध्यान नपुग्न जनता मार परेका छन् ।”

अधिकांश नीतिगत भ्रष्टाचारको कारण आम–जनताको स्वास्थ्य अवस्था दिनदिनै खस्किँदै गएको र नागरिकले अकालमै ज्यान गुमाउनु परेको धाराणा राखे ।

कार्यक्रममा बोल्दै घिमिरेले स्वास्थ्य क्षेत्रको वेथितिका कारण नागरिकले स्वास्थ्य सेवा नपाएको बताए । उनले त्यसको अन्त्य गर्न सरकारले ध्यान दिनुपर्ने बताउँदै भ्रष्टाचारको जालो तोडेमात्रै संविधानमा उल्लेख भएअनुसार नागरिकले स्वास्थ्य सेवा पाउने बताए ।

स्वास्थ्य क्षेत्र नागरिकको पहुँचमा ल्याउन निर्मम हुन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई सुझाव समेत दिए । जनताको पक्षमा केही गर्न मन्त्री बस्नेतको लागि सुनौलो अबसर भएको भन्दै ओम्नी काण्डबाट स्वास्थ्य क्षेत्रका भ्रष्टाचारको फाइल खोल्नुपर्ने घिमिरेले धारणा राखे ।

नेता घिमिरेले बोलपत्र आह्वान गर्दाखेरी नै व्यापकमात्रामा भ्रष्टाचारको सेटिङ हुने हुँदा त्यसलाई राज्य संरक्षित नीतिगत भ्रष्टाचारको संज्ञा दिँदै भने,“यस्तो कहाली लाग्दो अवस्थालाई चिर्न यो सरकारले निर्मम भएर अगाडि बढ्नुपर्छ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal