आज :

सिस्नो पाउडर प्रशोधन प्रबिधि

  • लोकराज पन्त

परिचय
सिस्नो अङ्ग्नेजीमा नेटल (Stinging nettle) भनेर चिनिने यो वनस्पति नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने अट्रिक्यसी परिवारको पोल्ने झार हो । यसमा औषधिय गुण रहेको हुन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्ल (Formic acid) (पोल्ने )जलन र हिस्टामाइन(Histamine) सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् । यसको सोहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो ।
यसमा हुने भिटामिन ए,भिटामिन सी, भिटामिन डी लौहतत्व  (Iron),  पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल (Nettle soup) लामो समय देखि प्रचलित रहेको छ। यसमा २५% सम्म् प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो। यो अति मुल्यवान गउडा चीज (Gouda) र यार्ग   (Yarg) मा स्वादको लागि प्रयोग गरिन्छ।नेपाल को पहाडी क्षेत्र मा जनसङ्ख्या को बृद्दि तथा अन्य झारहरूको प्रसारले सिस्नो पहिले जस्तो जता ततै पाईदैन

सिस्नो किन खाने ?

सिस्नो प्रायः सबै ठाउँमा पाइन्छ । यसमा रहेको औषधि गुण र प्रभावकारीका कारण पछिल्लो समय सहरी क्षेत्र, होटल र रेष्टुरेन्टमा समेत यसको प्रयोग बढ्दो छ । सिस्नोलाई सुकाएर बनाएको धुलो सुपरमार्केटहरुमा प्याकमा समेत किन्न सकिन्छ ।
१० ग्राम सिस्नोको धुलोलाई करिब दुई सय मिलिलिटर तातोपानीमा रातभरि भिजाएर भोलिपल्ट बिहान खालि पेटमा खाँदा फाइदा पुर्याउँछ । सिस्नोमा ‘ए’, ‘सी’ र ‘डी’ भिटामिनसँगै पोटासियम र क्याल्सियमजस्ता पौष्टिक तत्व पाइन्छ । यसमा करिब २५ प्रतिशत प्रोटिन हुन्छ । यसमा आइरनसमेत पाइन्छ ।

सिस्नोमा फाइबरसमेत हुन्छ, जसले खाना पचाउन सहयोग गर्छ । सिस्नोले शरीरमा रोग प्रतिरोधात्मक क्षमतासमेत बढाउँछ । मधुमेहको रोगीका लागि सिस्नो लाभदायक हुन्छ । सिस्नोको धुलोलाई दाल र सुप बनाएरसमेत खान सकिन्छ । हरियो सिस्नोको मुन्टा टिपेर तरकारीको रूपमा समेत प्रयोग हुने गरेको छ ।
सिस्नो खानाले किड्नीको समस्या हुनबाट जोगाउन सघाउँछ । पिसाब पोल्ने समस्या छ भने सिस्नोको सुप लाभदायक हुन्छ ।
दम, बाथरोग, रगत उत्पादन गराउने, शरीरमा हेमोग्लोबिनको मात्रा बढाउनसमेत यसले सघाउँछ । सिस्नोको लेदोलाई मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्ने समस्या कम हुन्छ । भाँचिएको तथा मर्केमा, हाड जोड्न, हाड–जोर्नी दुखेकोमा पनि सिस्नो उपयोगी हुन्छ

सिस्नोका फाईदाहरु

शरीरका अङ्गहरूमा अनेक कारणले भएको दुखाईमा सिस्नोको सेवनले आराम दिन्छ ।

त्यस्तै हड्डी र जोर्नीको दुखाई तथा शरीरमा आएका बिबिराहरु हटाउनमा समेत यसको भूमिका रहन्छ महिलाहरुका लागि सिस्नो एकदमै उपायोगी हुन्छ किनभने यसमा पर्याप्त फलाम तत्त्व हुन्छ जसले रक्तअल्पता र कमजोरी हटाउन सहयोग गर्छ ।

यसले कलेजो र महिलाको हर्मोनको संरक्षण गर्न सहयोग पुर्रयाउँछ ।यतिमात्र होइन यसले गर्भिणी महिलाको पेटको बच्चालाई मजबुत पार्न र रक्तश्राव रोक्नस हयोग गर्छ । त्यति मात्र कहाँ हो र रु यसले त महिलाको दूध उत्पादन र छिटै रजनोवृत्ति हुनबाट समेत रोक्छ ।

सिस्नोलाई ‘हर्बल टनिक्स’हरुमा महिलाहरूको योनीमा आउने बिबिरा हटाउन र मासिक धर्म नियमत होस् भन्ने प्रयोजनका लागि समेत प्रयोग गर्ने गरिन्छ ।

कपाल झर्ने समस्याहरुमा र छालाको रोगमा समेत यो उत्तिकै उपयोगी हुन्छ ।
डन्डीफोरको समस्या हटाउन र टाउकोको छालामा हुने अन्य समस्या हटाउन यो वनष्पति उपयोगी छ

पाचनमा सिस्नो लाभदायक हुन्छ । रुघाका कारण घाँटी बसेको अवस्थामा, गुद्धद्वार सुन्निँदा, नाथ्री फुट्दा र मुख दुख्ने रोगमा पनि सिस्नुको सेवन लाभदायक हुन्छ ।

त्यस्तै मुत्रनलीमा हुने अवरोध हटाउनमा पनि सिस्नो सहायक रहन्छ । बर्खे ज्वरोमा समेत सिस्नोको सेवनले लाभ पुर्रयाउँछ । यसका लागि सिस्नोको सुप उपयोगी हुने डाक्टरहरुको सल्लाह छ ।

अपचमा पनि सिस्नो सेवन लाभकारी छ । यसमा रहेको रेसाले आन्द्रामा अड्केका बिकारलाई सहजै तानेर मलद्वारतर्फ खिच्छ ।

सिस्नोमा पोषणको भीषण योग हुन्छ । भिटामिन, मिनरल, बेटा कारोटेन, पोटासियम, आइरन, क्लोरोफिल र जिङ्क यसमा भएका हुनाले शरीरमा लाग्ने धेरै प्रकारका रोगहरुसँग सिस्नो सधैँ नै सो भिडिरहेको हुन्छ ।

 

सिस्नोमा के के पाईन्छ?

रायोको सागमा ३ सय ५० आई।यू।भिटामिन मात्रै पाइन्छ भने सिस्नोमा १२ सय आई। यू। भिटामिन ए, र भिटामिन सी अत्यधिक रुपमा पाइन्छ ।
तस्तै आइरन, फमिक एसिडलगायतका अन्य तत्वहरु पनि यसमा पाइन्छन् । भिटामिन पाइने अन्य तत्वहरु भन्दा सिस्नोमा सबभन्दा बढी भिटामिन हुन्छ ।
सिस्नोको नियमित प्रयोगबाट किड्नीको समस्या, पिसाब पोल्ने, दम, बाथ रोग, डाइटब्यालेन्सलगायत रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ ।
यसका साथै सिस्नोको मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोक्छ भने कपालको चाँया पनि हटाउँछ ।
महिनावारी अनियमीत हुने ग्यास्ट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, सुगर, जण्डिस, प्यारालाइसिस, पथरी, ग्याष्टिक, बाथ, अल्सर, कब्जियत, पायल्स, मधुमेह, जुका, युरिक एसिड, मुत्ररोगी, रक्तअल्पता, नपुसंकता, बाझोपन भएका बिरामीलाई उपयोगी मानिन्छ ।

त्यसैगरी पुरुषको शुक्रकिट उत्पादन, भाँचिएको र मर्केको हाडहरुलाई जोडन, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरिरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाँड दुख्ने, घुँडा र जोर्नी दुखेको, झस्को पसेको, सर्को पसि सोला हान्ने जस्ता रोग निको पार्न सिस्नोको पाउडर प्रयोग हुने गरेको छ ।
यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलित रहेको छ ।
यसमा प्रोटिन हुन्छ त्यसैले यो शाकाहारीहरूको लागि अति उत्तम भोजन हो ।
सिस्नोको प्रयोग गर्ने विधिस्
१० ग्राम सिस्नोको धुलोलाई २ सय मिलिलिटर तातो पानीमा मिसाएर रातभरि भिजाएर छोडिदिने र बिहान खाली पेटमा खाने । यसरी नियमित रुपमा प्रयोग गर्दा छोटो समयमै यसबाट फाईदा लिन सकिन्छ । मानिस स्वस्थ रहनका लागि पनि भित्री पेटको सफाई अनिवार्य हुन्छ यसको लागि सिस्नो भन्दा उत्तम विकल्प अरु केही हुन सक्दैन । शरिरका भित्री अंगहरुको सफाइ गर्ने उपाय सजिलो छ । तर हामी कतिले थाहा पाएर पनि त्यो उपाय प्रयोग गरेका छैनौं ।
शरिरका बाहिरी अंगको सफाइका लागि पानी, श्याम्पु र साबुनले नुहाए जस्तै भित्री अंगको सफाइका लागि सिस्नु खानु पर्ने वैज्ञानिकहरुले बताएका छन् ।
हामीले हप्तामा एक पटक पानीले नुहाए जस्तै गरी नियमित रुपमा हप्तामा एकपटक सिस्नु खाने ग¥यौं भने शरिरका भित्री अंग पनि सफा हुने नेपालका कृषि बैज्ञानिकहरुले पत्ता लगाएका छन् ।
हप्ताको एकपटक सिस्नु खानाले पेटमा रहेका सबै बिकार दिसाको माध्यमबाट बाहिर जाने तथा दिसाको थैलो सफा हुने कृषि बिज्ञहरु बताउछन् । हप्तामा एकपटक सिस्नु खाने मान्छेसँग जुनसुकै प्रकारका रोगहरुसँग लड्ने क्षमता पनि बढी हुन्छ । सामान्यतया यस्ता मान्छेलाई कुनै पनि रोगले छुँदैन ।
बहुगुण भएको यो सिस्नो हाम्रो पहाडी क्षेत्रका गाँउ घरका वारीका कान्लामा पाईने हुँदा घरमा यसलाई सागको रुपमा पनि प्रयोग गर्न सकिन्छ । हामीले खाने सागहरु मध्ये सिस्नु पनि एक उत्कृष्ट सागमा पर्छ ।
यस्ता अमूल्य जडीवुटीहरु हाम्रौ घर आंगनमा भएता पनि यसको प्रयोग कसरी र केमा आउछ भन्ने थाहा नहुँदा हामी यस्ता खालका जडीवुटीलाई काटेर त्यसै नष्ट गर्ने र घर पालुवा चौपायको लागी खोले, सोत्तर, घाँस जस्ता कार्यमा प्रयोग गरी रहेका छौ ।
सिस्नोको पातलाई लामो समयसम्म सुरक्षित गरेर राख्न यसलाई सुकायर वा यसको पाउडर बनायर राख्ने गरिन्छ । सिस्नोको पाउडरलाई चिया बनाई खान सकिन्छ ।
यसरी सुकायको पात वा पाउडर लाई माटो, धातु वा प्लास्टीकको थैलिमा राखेर लामो समयसम्म सुरक्षित गरेर राख्न सकिन्छ ।

सिद्घान्तः
सिस्नोको पातमा ८०—८५ प्रतिशत सम्म पानी हुने हुनाले चाडै सडी गली जाने प्रकृतिको हुन्छ । सिस्नोको पातलाई उसिनेर सुकाएपछि जलाशंको मात्रा सुरक्षित मात्रामा घटछ । वाकि रहेको पानी पातमा भएको लवण र अन्य अणुहरु संग बाधिएर बस्दछ जसले गर्दा सूक्ष्म जीवाणुहरुले आक्रमण गरी कुहाउन सक्दैनन् र संरक्षित रहन्छ ।
सिस्नोको पौष्टिक तत्व तालिका (ग्राम÷१०० ग्राम)
जलाशं ८४
भश्म २०
क््रmुड फाईबर १०
प््राोटिन ३०
चिल्लो ३
सर्करा ३३
खनिज पदार्थ (मिलिग्राम÷१०० ग्राम)

क्याल्सियम १८७
पोटासियम ४७०
सोडियम १०७
आइरन २१०

सिस्नो पाउडर बनाउने बिधिः

  1. सिस्नोको कलिलो टुप्पा लिने (एउटा मुना र दुइ वटा पातहरु)
  2. राम्रो संग केलाउने
  3. सफा संग पानीले २÷३ पटक पखाल्ने
  4. पानीमा १० मिनेट सम्म ७५—८०० सेल्सियस तापक्रममा उमाल्ने
  5. पानी निथ्राउने र चिसो पानीले राम्रो संग सफा गर्ने
  6. घाम वा ड्रायरमा सुकाउने
  7. राम्रो संग सुकिसकेपछि मिक्सचर वा मिलको सहायताले पिसेर मसिनो धुलो पाउडर बनाउने\
  8. मसिनो जाली वा चाल्नीको सहायताले छान्ने
  9. मोटो वा नपिसिएको पातलाइ फेरी पिस्ने
  10. फेरी मसिनो जाली वा चाल्नीको सहायताले छान्ने
  11. हावा नछिर्ने बट्टा वा प्लाष्टिकमा बन्द गर्ने
  12. बट्टा वा प्लाष्टिकको बाहिर लेबलिङ्ख गर्ने
  13. सुरक्षित भण्डारण गर्ने

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal