काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समितिको बैठक आज ११ बजेबाट पुनः बस्दैछ । बुधबारबाट काठमाडौंकाे कमलादीमा सुरु भएको केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र विधान संशोधनको प्रस्वात पेश गरेका छन् ।
उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम हिजोबाटै सुरु भएको । पहिलो दिन १८ जनाले आफ्ना धारणा राखेका छन् । उनीहरुले अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समर्थन जनाउँदै त्यसमा थप सुझाव दिएका छन् ।
पार्टीको नेतृत्वको सरकारले गरेका राम्रा कामलाई जनतासमक्ष पुर्याउन नसकेको र त्यसलाई पुँजीकृत गरी अगाडि बढ्नु पर्ने केन्द्रीय सदस्यहरुले राखेका छन् ।
हिजोको बैठकमा कृष्ण केसी, हिमाल शर्मा, ओम शर्मा, लक्ष्यराम आचार्य, लोकेन्द्र लम्साल, टिका बुढाथोकी, रामकुमारी चौधरी, राचिन रोका, विसेन्द्र च्याम्जुङ, पुष्पविक्रम मल्ल, सुरेन्द्र बस्नेत, कृष्णकुमार चौधरी, रविन्द्र श्रेष्ठ, धनजीत शाहीसहित १८ जनाले आफ्नो धारणा राखेका छन् ।
उनीहरुले पार्टीलाई सुद्धिकरण अभियानमा लैजानु पर्ने, सरकारका गरेको राम्रा कामलाई जनतासमक्ष पुर्याउन नसकिएको, पार्टीभित्र मौलाइरहेको व्यक्तिवादी अराजकताविरुद्ध मुल नेतृत्व निर्मम हुनुपर्ने धारणा राखेका छन् ।
अध्यक्ष प्रचण्डले मङ्सिरमा हुने विधान सम्मेलन त्यो भन्दा अघि भदौबाट तीन महिने अभियान संचालन गर्ने प्रस्ताव समेत गरेका छन् ।


अनलाइन डबली





